झापा दमककी एक महिला गरिबीका कारण उपचारबाट बञ्चित भएकीछन् । आफूसंग भएको र खोजिमेली गरेको रकम सकिएपछि अहिले उनि रोगसंग जुध्दै उपचारको पर्खाइमा रहेकीछन् ।

दमक ४ मा बसोबास गर्ने ४३ बर्षिया राधिका बिकको पाठेघरको रोग र किड्नीमा समस्या रहेको बताईएको छ । उनका अनुसार किड्नीमा पत्थरी भएको स्वास्थ्यकर्मीहरुले बताएकाछन् । उपचारका लागि केहि नभएको उनले बताइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

श्रीमान् दैनिक मजदूरी गर्ने र छोरा ट्याक्टरमा काम गर्ने भएकाले खाना समेत मुश्किल भएकाले उपचारमा समस्या भएको बिकको भनाइ छ । आफूले उपचार पाए बाँच्ने भन्दै सबैसंग हार गुहार गरेको स्थानीयबासी तथा नेपाली काँग्रेस दमकका सह सचिब दीपेश दाहालले बताए ।

https://www.youtube.com/watch?v=9R6jH57ecZ4