खोटाङ । नेकपा एमाले खोटाङले स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेद्वारलाई हराउनका लागि घात/अन्तरघात गर्ने नेता तथा कार्यकर्ताका विषयमा छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

स्थानीय तहको परिणाम लगायतका विषयमा समिक्षा गर्न गत भदौ १०, ११ र १२ गते बसेको एमालेको नवौं पूर्ण बैठकले आधिकारिक उम्मेद्वारलाई हराउनका लागि गतिविधि गर्ने नेता तथा कार्यकर्ताको विषयमा छानबिन र कारबाही सिफारिस गर्नका लागि एमाले वैकल्पिक केन्द्रीय सदस्य राजन राईको संयोजकत्वमा छानबिन समिति गठन गरिएको एमालेले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ।

पार्टीका आधिकारिक उम्मेद्वारलाई हराउनका लागि गतिविधि सञ्चालन गरेका कतिपय नेता तथा कार्यकर्ताका विरुद्धमा उजुरी परेकाले छानबिन गर्न र दोषी प्रमाणित भए कारबाहीका लागि सिफारिस गर्नका लागि अन्तरघात सम्बन्धी छानबिन समिति गठन गरिएको एमाले खोटाङका अध्यक्ष बबी चामलीङले बताए । छानबिन समितिमा एमाले प्रदेश संगठन कमिटीका सदस्य हरिकुमार पोखरेल र जिल्ला उपाध्यक्ष रामप्रसाद दंगाल सदस्य छन् । छानबिन समितिलाई ४५ दिनभित्र सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी दिइएको एमालेले जनाएको छ ।

एमालेले पार्टीको आधिकारिक उम्मेद्वारका विरुद्ध बागी उम्मेद्वार दिने ६ नेतालाई कारबाही गरेको छ । स्थानीय तहको निर्वाचनमा केपीलासगढी गाउँपालिकामा पार्टीको आधिकारिक उम्मेद्वार विरुद्ध बागी उम्मेद्वार दिएकामा एमालेले जिल्ला कमिटी सदस्य हरिचन्द्र राई, रुपाकोट मझुवागढी नगरपालिकामा बागी उम्मेद्वार दिने सल्लाहकार समिति सदस्य अञ्चलकुमार राई, जिल्ला प्रतिनिधि परिषद सदस्य नन्दप्रसाद घिमिरे, जिल्ला कमिटि सदस्य ढाकप्रसाद लुईटेल, जन्तेढुंगा गाउँपालिकामा गाउँपालिका उपप्रमुखको विरुद्धमा उम्मेद्वारी दिने जिल्ला कमिटी सदस्य सरिता राई र साकेला गाउँपालिकामा बागी उम्मेद्वार दिने जिल्ला कमिटी सदस्य रामकृष्ण खड्कालाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको हो ।

आधिकारिक उम्मेद्वार विरुद्ध बागी उम्मेद्वारी दिने नेतालाई कारबाहीका लागि यसअघि जिल्ला कमिटी सचिवालयले कारबाहीका लागि गरेको सिफारिसलाई एमाले जिल्ला कमिटीले अनुमोदन गरेको जनाएको छ । केपीलासगढी गाउँपालिकामा बागी उम्मेद्वारी परे पनि एमालेकै उम्मेद्वार कृष्णकुमार राई गाउँपालिका प्रमुखमा विजयी भएका थिए । यस्तै, जन्तेढुंगा गाउँपालिकामा उपाध्यक्षमा बागी परे पनि एमालेको आधिकारिक उम्मेद्वार विमला राई विजयी भएकी थिइन्। न्यूज २४ नेपाल टि.भी. बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah