चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको चारकिलोमा पहिरोले सडक नै बगाएको छ । आधाभन्दा बढी भाग पहिरोले बगाएपछि रातिदेखि नै सडक अबरुद्ध बनेको छ । एकतर्फी खुलाउने प्रयास भएको भए पनि अहिलेसम्म सुचारु हुन नसकेको प्रहरीले जनाएको छ । हजारौं गाडीहरु जाममा परेका छन् । एकतर्फी सडक सुचारु गराउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार जलबिरेमा दुई स्थानमा, कालीखोला, चारकिलो र पाँचकिलोमा एक एक स्थानमा पहिरो खसेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैले पनि सडक खुलाउने प्रयास सफल हुन सककेो छैन । चारकिलोमा सडक नै बगाए पनि अन्य स्थानमा भने सानातिना पहिरो भएकाले पन्छाउन सहज हुने प्रहरीले जनाएको छ ।

फाइल तस्बिर, रासस