भारत हरियणा प्रहरीले रामरहीमले छोरी बनाएकी हनीप्रीत विरुद्ध देशद्रोहको मुद्दा दर्ता गरेको छ । हनीप्रीत माथि यौन शोषण मामलामा दोषी ठहर गरेपछि राम रहीमलाई कोर्टबाट भाग्ने योजना बनाएको आरोप लगाएको छ । हनीप्रीत राम रहीम जेल परेसँगै फरार भएकी छिन् । उनको खोजीमा प्रहरीको एक टीम नेपालको सीमामा आइपुगेको भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ ।

२५ अगस्ट अर्थात शुक्रवार डेरा प्रमुख राम रहीमलाई सीबीआइकाृ स्पेशल कोर्टले साध्विमाथि यौन शोषणको मामलामा दोषी ठहर गरेको थियो । समाचार स्रोत हरुका अनुसा दोषी ठहर भएसँगै राम रहीमलाई भगाउनका लागि हनीप्रीतले योजना बनाएको प्रहरी आरोप छ जसलाई असफल बनाइएको प्रहरीले जनाएको छ ।

सोमबार सीबीआई न्यायाधीश जगदीप सिंहले राम रहीमलार्य २० वर्षको सजाय दिएको थियो । यससँगै हनीप्रीत भूमिगत भएकीछिन् ।

उनी परिवारसहित हराएको भन्दै हरियाणा प्रहरी खोज तलासमा जुटेको छ । उनी खुल्ला सीमाको फाइदा लिँदै नेपाल छिरेको हुनसक्ने आशंका भारतीय सञ्चारमाध्महरुले गरेका छन् ।


को हुन् हनीप्रीत इन्सा

हनीप्रीतको वास्तविक नाम प्रियंका तनेजा हो । हरियाणाको फतेहाबादमा बस्ने प्रियांका तनेजा अर्थात हनीप्रीत र विश्वास गुप्ताको विवाह १८ वर्ष अघि डेरा प्रमुख राम रहीमले गराइदिएका थिए । तर उनीहरुको विवाह धेरै दिन चलेन । केही दिनपछि हनीप्रीतले रामरहीमसँग केटा पक्षले दाइजो मागेर दुख दिएको उजुरी दिइन् । यस पछि राम रहीमले सन् २००९ मा उनलाई छोरीको रुपमा गोद लिएका थिए ।

राम रहीमका आफ्ना दुई छोरी र एक छोरा छन् । उनका अमनप्रीत, चमनप्रीत र जसमीत इन्सा छन् ।

सन् २००१ मा विश्वास गुप्ताले पञ्जाब एवं हरियाणा अदालतमा मुद्दा दायर गरेर राम रहीमको कव्जाबाट आफ्नो पत्नी अर्थात हनी प्रीतलाई मुक्त गराउन माग गरेका थिए । गुप्ताले राम रहीममाथि हनीप्रीतका साथ अवैध यौन सम्बन्ध रहेको आरोप लगाएका थिए ।


छाया जस्तै थिइन् हनी

हनीप्रीत ती अन्य डेरा समर्थक मध्ये एक थिइन् । तर उनी राम रहीमकी सवैभन्दा नजिककी पात्र थिइन् । डेराका कयौं महत्वपूर्ण फैसलाका साथ राम रहीमले फिल्मको निर्देशन पनि गरेका छन् । उनले एकएसजी द वारियर लायन हार्ट फिल्म निर्देशन गरेका थिए ।

रामरहीमलाई दोषी ठहर गर्दै अदालतदेखि जेल लाने बेलासम्म उनी रामरहीमसँगै थिइन् । हनीप्रीतलार्इ रामरहीमको सम्पत्ती सम्हान्ने व्यक्तिका रूपमा भारतमा चर्चा भएपनि उनी फरार छिन् ।

रामरहीमका दुर्इ छोरी र एक छाेरा सम्पत्तीको वारिस भएपनि रामरहीमको छाँया जस्तै बनेकी हनीले नै सम्पत्तिमाथि अधिकार जमाउने दाबी गरिएको छ ।

कति छ रामरहीमको सम्पत्ति

खर्बौं रुपैयाँका मालिक राम रहीमको जिन्दगी एकदमै रंगीन छ । राम रहीमले पाँचवटा फिल्म बनाएका छन् र त्यसमा उनी आफैं नायक र निर्देशक हुन् ।

मिडिया रिपोर्टका अनुसार उनका पाँच फिल्मले ८० करोड रुपैयाँभन्दा बढीको कारोबार गरेका छन् ।
राम रहीमको पूरा नाम सन्त डाक्टर राम रहीम सिंहजी इन्सा हो । राजस्थानको श्रीगंगानगरमा राम रहीमको जन्म १५ अगस्ट १९६७ मा भएको थियो ।

उनको डेरा सच्चा सौदा नामक धार्मिक संगठन छ । उनका करीब पाँच करोड समर्थक रहेको बताइन्छ ।
डेरा सच्चा सौदाले राम रहीमको ५०औं जन्मदिनलाई गोल्डेन जुबलीका रूपमा मनायो । उक्त समारोहमा एक करोड मानिस आएका थिए ।

त्यतिखेर ५१ क्विन्टलको केक काटिएको थियो हरियाणाको सिरसामा डेरा सच्चा सौदाको मुख्य कार्यालय छ । दुई किलोमिटर क्षेत्रमा फैलिएको छ यो ।

भारतभरि डेराका ४६ वटा आश्रम अनि अमेरिका, क्यानाडा, अस्ट्रेलिया र युएइमा शाखाहरू छन् ।
आश्रम परिसरमा भक्तहरूका लागि एमएसजी होटेल र कशिश होटेल छन् । सिरसामा एउटा मार्केट कम्प्लेक्स पनि छ जहाँ रहेका सबै पसलको नाम सचबाट शुरु हुन्छ ।

सूत्रहरूका अनुसार डेरा सच्चा सौदासँग ३०० करोड रुपैयाँभन्दा बढीको सम्पत्ति छ । यो त देखिएको सम्पत्ति मात्र हो । नदेखिएको सम्पत्ति त हजारौं करोड रुपैयाँको भएको बताइन्छ ।

आश्रममा एउटा गुफा बनाएर राम रहीम बस्ने गरेको थाहा लागेको छ । त्यहाँ उनका खास सेवकहरू मात्र जान पाउँछन् । गुफामा महिला सेवादारले पहरा दिन्थे ।

यही गुफामा राम रहीमले साध्वी भक्तहरूलाई बोलाएर बलात्कार गर्ने गरेका रहेछन् । बलात्कृत महिलाले मुद्दा हालेपछि अहिले राम रहीम दण्डित भएका हुन् ।

राम रहीम आफूलाई धर्मप्रचारक मान्छन् तर ग्ल्यामरको संसारमा रुचि राख्छन् । फिल्मको हिरो बन्ने बाल्यकालीन इच्छा राम रहीमले पूरा गरे । मेसेन्जर अफ गड नामक फिल्ममा उनले सुपर बाबाको भूमिका निर्वाह गरेर एक्लै लागूऔषध व्यापारी र वेश्यावृत्तिविरुद्ध लडेको देखाउँछन् ।

राम रहीमको जीवनशैली अत्यन्तै खर्चिलो छ । कारहरू पनि उनको प्रशस्तै छन् । कार कतै रोकिँदा भक्तहरू कारलाई टेन्टले ढाकेर सुरक्षा गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah