अर्को हप्ता काठमाडौँ उपत्यकाका सरकारी कार्यालय तीन दिनमात्र खुल्ने भएको छ। विभिन्न सार्वजनिक विदाका कारण सरकारी  कर्मचारीले चार दिन विदा पाउने संयोग जुरेको छ।

हप्ताको पहिलो दिन आइतबार भदौ १८ गते इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इदुल जोहा) को अवसरमा विदा दिने निर्णय गृह मन्त्रालयले गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोमबार सरकारी कार्यालय खुले पनि काठमाडौँ उपत्यकाका कार्यालय मंगलबार बन्द हुनेछन्। मंगलबार भदौ २० गते इन्द्रजात्राको विदा छ।

भदौ २१ गते बुधबार सरकारी कार्यालय खुले पनि भदौ २२ गते बिहीबार भने निजामती कर्मचारी दिवसको अवसरमा सरकारी कार्यालय बन्द हुनेछन्।

भदौ २३ गते शुक्रबार आधा दिन सरकारी कार्यालय खुल्नेछ भने भदौ २४ गते शनिबार साबिकको विदा रहनेछ।