पाँचथर सदरमुकाम फिदिम वजारमा रहेको सामुदायीक विद्यालय फिदिम मावि यतिखेर गाँजा खाने विद्यार्थीहरुको अखडाको केन्द्र वन्न थालेपछि अभिभावकहरु चिन्तित वनेका छन् ।

आफ्ना छोरालाई जिल्ला प्रहरी कार्यालयमा गाँजा र गाँजा खान उसैले वनाएको वाटर गन सहित फेला पारेपछि अभिभावक स्वयं चकित भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले बताएको छ । एक विद्यालयका शिक्षक समेत रहेका ति अभिभावक छोराको कृयाकलाप देखेर आफै चकित भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वुधवार राति फिदिम माविको कक्षा ७ र ८ मा अध्ययनरत २ जना विद्यार्थीहरुलाई वजार क्षेत्रमै प्रहरीले गाँजा र गाँजा खान वनाइएको वाटरगन सहित पक्राउ गरी भोलिपल्ट अभिभावक र विद्यालयका प्रधानाध्याकको रोहवरमा जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताए । उनीहरु वालवालिका भएकोले सम्झाई बुझाई जिम्मा लगाएको उनले बताए ।

सोहि दिन विद्यालयमा कक्षा १० मा अध्ययनरत अन्य २ जना विद्यार्थीहरुलाई समेत विद्यालय प्रशासनले गाँजा सहित विद्यालय समयमै फेला पारेपछि विद्यालयवाट वाहिर निकालेको विद्यालयका प्रधानाध्यापक दुर्गा खत्रीले बताए । उनका अनुसार आधा दर्जन बढि विद्यार्थीहरुको बारेमा पहिचान भै सकेको र अन्य त्यस्ता गतिविधिमा संलग्न वालवालिकाहरुको वारेमा खोजी गरी अभिभावकलाई समेत वोलाएर त्यस वारेमा छलफलग गर्ने उनले वताए । विशेषत कक्षा ६ देखि १० सम्मका आधा दर्जन वढि वालवालिकाहरु त्यस्तो कृयाकलापमा संलग्न भएको स्विकार्दै प्रअ खत्रीले अभिभावकहरुको समेत सचेत हुँनु पर्ने बताए ।

केटाहरु विद्यालयमा कक्षा कोठामै झोलामा चुरोट वोकेर आउने, विना ड्रेस विद्यालय आउने, विद्यालयमा समय भरि नवस्ने, नजिकैको मन्दिर परिसरमा जाने लगायतका अवाञ्छित गतिविधि भएकाले आफुहरु दिक्क भएको कक्षा १० मा अध्ययनरत एक छात्राले बताइन् । उनी भन्छिन“विद्यालय र विद्यायल प्रशासन मा बारम्बार खबर गरीयो तर हेड सरले त्यो मेरो विषय हो तिमीहरुलाइ केको चासो भनेपछि अहिले आफुहरुले कुनै कम्प्लेन गर्न छौ ।” उनी भन्छीन– कहिले पढाई सकिन्छ अनि ढुक्क हुन्छ ।

गरिव र विपन्न र लक्षित बर्गका लागि आशाको केन्द्रको रुपमा रहेको फिदिम माविमै यस्तो भएपछि अबको विकल्प खोज्नुपर्ने अभिभावकहरु बताउँछन् ।