दमक/ कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाले आसन्न साधारणसभामा प्रस्तुत गरिने आफनो बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार एक सहकारीको भवनमा संस्था अध्यक्ष मणिकुमार भण्डारी र सल्लाहकार संयोजक हेमनाथ अधिकारीले संयुक्त रुपमा प्रतिबेदन सार्वजनिक गरेकाहुन् ।
आगामी भाद्र २५ गते दमक–६ स्थित पशुपति मन्दिरको सभाहलमा हुदै छ । संस्थाले १४ दिवसीय कार्यक्रम अन्तर्गत शुक्रवार सार्वजनिक प्रतिवेदन शेयर सदस्यहरुमाँझ पु¥याँउन शुभारम्भ गरिएको व्यवस्थापक निलकण्ठ निरौलाले बताए । उनका अनुसार शेयर सदस्यहरुले भाद्र २५ गते भित्र प्रतिवेदन उपर आफना सुझाव दिन सक्ने छन् ।
त्यस अवसरमा प्रतिवेदन सार्वजनिक गदैं अध्यक्ष भण्डारी, सल्लाहकार संयोजक अधिकारी,शेयर सदस्य तथा शिवसतासी नगरपालिकाका नगर प्रमुख चन्द्र शेर्मा लगायतले सहकारीको महत्वको बारेमा चर्चा गरेका थिए ।
संस्थाका सञ्चालक समितिका सहसचिव इन्द्रप्रसाद खनालले स्वागत मन्तव्य राखेका सो कार्यक्रमको सञ्चालन संस्थाका सचिव भरतकुमार चम्लागाईले गरेका थिए ।
२०५७ साल जेठ २९ गते देखि ५१ जना शेयर सदस्यहरुबाट दर्ता भई साउन ५ गतेबाट औपचारिक रुपमा कारोबार शुरु गरिएको सो संस्थामा अहिले १ हजार ७९ जना शेयर सदस्य पुगेका छन् । संस्थाको शेयर पूंजी २ करोड ६६ लाख १५ हजार १ सय रुपैया पुगेको छ भने विभिन्न कोषमा १ करोड ७१ लाख ९८ हजार २ सय ८१, निक्षेपमा २१ करोड ८१ लाख २ हजार ३ सय १६ , कर्जा लगानी २५ करोड ७० लाख ६ हजार ६ सय ६८ र विभिन्न बैक,हाईडो«पावरहरुमा ६८ लाख २८ हजार ६ सय ५० रुपैया रहेको सार्वजनिक गरिएको प्रतिवेदनमा जनाईएको छ ।
यसैगरि झापाको दमक दमक–६ मा रहेको शुभारम्भ बचत तथा ऋण सहकारी संस्था , शुभारम्भ शाकोसले दमक–८ स्थित कस्मिक पार्टी प्यालेसमा आफनो सातौ बार्षिक साधारणसभा विभिन्न कार्यक्रहरुको आयोजना गरि सम्पन्न गरेको छ ।
संस्थाले सभामा सहभागी भएका आधा दर्जन बढी ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान गर्नुका साथै संस्थामा कारोवार गर्ने उत्कृष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । जिल्ला सहकारी संघ झापाकी गिता कूवरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहकारीकी अध्यक्ष लिला दाहालले बार्षिक प्रतिबेदन पेस गरेकी थिइन् ।



