झापाको दमक ६ स्थित ओम सत्य साईराम ट्रेडसमा लागेको आगो नियन्त्रण आएको छ। स्थानीयवासी, प्रहरी र दमक नगरपालिकाको दुईवटा दमकलले आगो नियन्त्रणका लागि गरेको प्रयास सफल भएको हो। रेनुका पराजुलीले सञ्चालन गरेको उक्त कपडा पसलमा कति क्षति भयो भन्ने विवरण आइसकेको छैन ।
इलाका प्रहरी कार्यालय दमकका डिएसपी दीपक गिरीले अहिले सम्म कति क्षति भएको पुरा विवरण नआएको जानकारी दिनु भएको छ । डिएसपी दीपक गिरीका अनुसार ‘पसल धनीले दिएको जानकारी अनुसार दशैँको मुखमा सामान धेरै भएकाले करोड भन्दा धेरै क्षति भएको छ। यसको विवरण संकलन गर्ने कार्य जारी छ पहिलो तलाको सबै सामान जलेको छ।’









