शुल्क बढाएको भन्दै ठेकेदारले ढुवानी नगरेपछि दुई वर्षदेखि उपल्लो डोल्पावासीले सहुलियतको चामल र नुन खान पाएनन्-

जिल्लाको उत्तरी क्षेत्रका जनताले दुई वर्षदेखि सहुलियतको चामल र नुन खान पाएका छैनन् । केरुङ नाकाबाट तिब्बतको बाटो हुँदै खाद्यान्न लगिने गरेकोमा कर बढाइएको भन्दै ठेकेदारले खाद्यान्न ढुवानी गरेका छैनन् ।

उपल्लो डोल्पाका लागि आर्थिक वर्ष ०७२-७३ देखि छुट्याइएको ३८ सय क्विन्टल चामल र तीन हजार क्विन्टल नुन काठमाडांैकै गोदाममा थन्किएको ठेकेदार विजय रोकाले बताए । पछिल्लो समय केरुङ नाकामा भन्सार दर बढाएपछि खाद्यान्न ढुवानी गर्न नसकेको ठेकेदार रोकाको भनाइ छ । ‘केरुङ नाकामा भन्सार दर बढाइएको छ, त्यसकारण खाद्यान्न ढुवानी गर्न सकिएन,’ रोक्काले भने ।

उपल्लो डोल्पामा तिब्बतको बाटो हुँदै खाद्यान्न पु¥याइन्छ । रसुवाको केरुङ नाकाबाट तिब्बत प्रवेश गरी ट्रकले उपल्लो डोल्पाको सीमासम्म खाद्यान्न पुर्‍याउँछन् । त्यहाँबाट खच्चरमार्फत नेपालतर्फ खाद्यान्न ढुवानी हुन्छ । सरकारले त्यहाँ वर्षको एकपटक मात्र खाद्यान्न पुर्‍याउने गरेको थियो ।

प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्य संकट हुन्छ । खाद्य संकट हुन नदिन सरकारले पठाएको सहुलियतको खाद्यान्न काठमाडौंमै थन्किँदा स्थानीय मारमा परेका छन् । सरकारले विगत वर्षमा छोटो समय र कम ढुवानी रकममा उपल्लो डोल्पाका से–फोक्सुन्डो, छार्काताङसोङ र डोल्पो बुद्ध गाउँपालिकामा खाद्यान्न पुर्‍याउने गरेको थियो ।

पहिला तातोपानी नाकाबाट तिब्बत हुँदै खाद्यान्न लैजाने गरिएको थियो । भूकम्पले सो नाका अवरुद्ध भएपछि केरुङ नाकाबाट ढुवानी गर्ने गरेको साल्ट कर्पोरेसन डोल्पाका प्रमुख प्रकाशबहादुर धामीले जानकारी दिए । ‘जनताको दुःखपीडा बुझेर पनि हामी केही गर्न सक्दैनौँ,’ उनले भने, ‘अर्काको देश हु“दै खाद्यान्न ढुवानी गर्दा विभिन्न कठिनाइ हुन्छ, त्यसैले समयमा पुर्‍याउन नसकिएको हो ।’

माथिल्लो डोल्पामा चामल लैजान सयभन्दा धेरै ट्रक आवश्यक पर्ने ठेकेदार विजय रोक्काले बताए । तर, केरुङ नाका जान रसुवाकै चालक हुनुपर्ने व्यवस्था छ । अन्य चालक जान नपाउने भएपछि चामल र नुन ढुवानीमा समस्या भएको ठेकेदार रोकायले बताए ।

उता खाद्य संस्थान डोल्पाका प्रमुख हरिप्रसाद जोशीले भने खाद्यान्न पठाउन थालेको दाबी गरे । उनले हरेक दिन १२ देखि १५ वटासम्म ट्रक लोड गरेर पठाउने गरेको बताए । अबको एक साताभित्र गतवर्षदेखिको सञ्चित चामल र नुन उपल्लो डोल्पा पुगिसक्ने उनको भनाइ छ।

एक केजी चामलको २५० !
उपल्लो डोल्पामा ज्यादै कम खाद्यान्न उत्पादन हुन्छ । त्यहाँका स्थानीयले वर्षको एकपटक तल्लो डोल्पाबाट चौँरी र खच्चडमा खाद्यान्न ढुवानी गर्छन् । तल्लो डोल्पाबाट चामल उपल्लो डोल्पा पुर्‍याउँदा प्रतिकेजी २५० रुपैयाँसम्म पर्छ । त्यही चामल खाद्य संस्थानले भने प्रतिकेजी ६० रुपैयाँसम्ममा बेच्ने गरेको छ । तर, सरकारले वर्षको एकपटक मात्र चामल उपल्लो डोल्पा पुर्‍याउँछ । पछिल्लो समय भने दुई वर्षदेखि चामल लगेको छैन ।

यसकारण गएन चामल
उपल्लो डोल्पाका लागि आर्थिक वर्ष ०७२-७३ देखि छुट्याइएको ३८ सय क्विन्टल चामल र तीन हजार क्विन्टल नुन काठमाडाैँकै गोदाममा थन्किएको छ । ठेकेदारले केरुङ नाका हुँदै तिब्बतको बाटोबाट लैजान्छन् । तर, केरुङमा भन्सार दर बढाएको भन्दै ठेकेदारले ढुवानी गर्न मानेका छैनन् ।

भूकम्पअघि तातोपानी नाकाबाट खाद्यान्न लैजाने गरिएको थियो । सो नाका बन्द भएपछि रसुवाको केरुङ नाकाबाट लैजानुपर्छ । तर, केरुङ नाका जान रसुवाकै चालक हुनुपर्ने व्यवस्था भएपछि ढुवानी गर्न समस्या भएको ठेकेदार विजय रोकाले बताए ।

जहाँ तिब्बतको बाटो भएर खाद्यान्न लैजानुपर्छ

उपल्लो डोल्पामा तिब्बतको बाटो भएर खाद्यान्न ढुवानी गर्नुपर्छ । भूकम्पले क्षति गर्नुअघि तातोपानी नाकाबाट तिब्बत हुँदै खाद्यान्न ढुवानी गर्ने गरिएको थियो । अहिले केरुङ नाकाबाट तिब्बत हुँदै खाद्यान्न लगिन्छ ।

काठमाडौंबाट खाद्यान्न लोड गरिएका ट्रक रसुवाको केरुङ नाकाबाट तिब्बत छिर्छन् । तिब्बतको सडकबाट नेपालको सिमाना क्याटु र मोरिङला नाकासम्म लगिन्छ । त्यहाँबाट उपल्लो डोल्पाको सालडाङ र किन्जी हुँदै विभिन्न स्थानमा पुर्‍याइन्छ ।

खाद्य संस्थानले तिब्बतको सीमासम्म मात्र खाद्यान्न पुर्‍याइदिन्छ । त्यहाँबाट उपल्लो डोल्पाका स्थानीयले नै याक र चौँरीमा खाद्यान्न लिएर जान्छन् । उनीहरू खाद्यान्न लिन पाँच दिनसम्म हिँडेर सीमा पुग्ने गर्छन् । नया पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah