काठमाडौं, १८ भदौ – काठमाडौंको चण्डोलमा रहेको एसआरएस ओभरसिज प्राली नामक म्यानपावर कम्पनीकी सञ्चालिका सुभद्रा बरालले ४३ जना युवाको झण्डै साढे तीन करोड रकम ठगेकी छिन् । उनले दुबई पठाउने बाहानामा तीन करोड ३८ लाख ७२ हजार रुपैयाँ ठगेकी हुन् ।

४३ जना युवालाई विभिन्न समयमा सेक्युरिटी–गार्ड भिसामा काम गर्ने गरि एसआरएसले दुबई पठाएको थियो । तर खाडी पुगेका कुनैपनि युवाले भनेजस्तो काम पाएनन् । भनेजस्तो काम र सुविधा नपाएपछि उनीहरुले दुबई स्थित नेपाली दुतावासमा आफूहरुको उद्धारका लागि निवेदन दिएका थिए । उनीहरुले नेपाल फर्किएर एसआरएस म्यानपावरका विरुद्धमा बैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए ।

२०७३ चैत ६ गते युवाहरुले पहिलो पटक निवेदन दिएको वैदेशिक रोजगार विभागले जनाएको छ । एसआरएसका विरुद्ध विभिन्न समयमा ४३ जना युवाले निवेदन दिएका थिए । वैदेशिक रोजगार विभागले एसआरएसबाट पीडितहरुलाई ३ करोड ३८ लाख ७२ हजार रुपैयाँ क्षतिपुर्ति तिराइदिएको दावी गरेको छ । तर पीडितहरुले आफूहरुले अझैपनि रकम नपाएको बताएका छन् ।

एसआरएस विरुद्धको मुद्दा अझै टुंगिएको छैन । तर विभागले मिलापत्र गराएर यो मुद्दालाई थामथुम पार्न कोशिश गरिरहेको पीडितहरुले बताएका छन् । एसआरएसले महंगो पैसा लिएर युवाहरुलाई विदेश पठाएको थियो । युवाहरुले बराललाई १० लाखसम्म पैसा बुझाएका छन् ।

विदेशमा भनेजस्तो काम र दाम नपाएपछि युवाहरुले आफूहरु ठगिएको पत्तो पाएका हुन् । अनेक हण्डर खाँदै विदेशबाट फर्किएका उनीहरुले एसआरएस विरुद्ध विभिन्न समयमा वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए ।

वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले पहिलो चरणमा पीडितहरुलाई क्षतिपूर्ति भराइएको तर मुद्दा अझै नटुंगिएको बताए । उनका अनुसार उक्त मुद्दा विभागमै टुंग्याउने वा वैदेशिक रोजगार न्यायाधीकरण पुर्याउने भन्ने टुंगो लागेको छैन ।

विभागको निर्णय चित्त नबुझे न्यायाधीकरण र न्यायाधीकरणको निर्णय चित्त नबुझे पीडितले सर्वोच्च अदालतमा निवेदन दिन पाउने व्यवस्था रहेको छ ।

युवाहरुलाई ठगेपछि बराल दुबईमा लुकेर बसेकी थिइन् । उनलाई प्रहरीले इन्टरपोलको सहयोगमा ‘रेड कर्नर नोटिस’ जारी गरेर नेपाल ल्याएको थियो । अहिले उनले जग्गा बेचेर पीडितहरुको पैसा तिर्ने विषयमा छलफल चलिरहेको छ । बराललाई कम क्षतिपूर्ति तिराउन उक्त विवादलाई विभागमै थामथुम पार्ने कोशिश भइरहेको समेत पीडितहरु बताउँछन् ।

‘जग्गा बेचेर पीडितहरुको रकम फिर्ता गर्ने तयारी गर्नुभएको छ’ घटनाको मध्यस्थता गरिरहेका कानून व्यबसायी निलम गौतमले लोकान्तरसँग भने ।

को-को कुन ठगिने पीडितहरु ?
नवराज भट्ट
समशेर ज्ञादन
कुमार खत्री
खड्गबहादुर गौतम
विमल खड्का
रवीन शाही
मुकुन्द प्रसाद घिमिरे
राजन तामाङ
जगतराम वाइवा
अन्जन सापकोटा
विश्वम्भर थापा
सुवास राई
क्मल खड्का
सन्तोष अधिकारी
विक्की श्रेष्ठ
विजय खतिवडा
गोपी पराजुली
प्रकाश गयलकोटी
धिरज रानाभाट
मिनराम डंगोल
धु्रबराज पाण्डे
अरुण चौधरी
भरत खड्का
विरबहादुर थापा
सुमन विक
मेहनसिंह धामी
हरि भण्डारी
ऋषिराम सिग्देल
दिनेशबहादुर मल्ल
सन्तोष श्रेष्ठ
पदम जिसी
राजकुमार कोइराला
पदमबहादुर पौडेल
बद्री लामिछाने
बालकृष्ण दहाल
हरिकृष्ण खत्री
सुरज थापा
भुपेन्द्र चन्द
विनोद श्रेष्ठ
गम्भीर बोहोरा
हिमाल बस्नेत
खिमलाल सुनार
बुद्धिबहादुर बस्याल
(स्रोतः बैदेशिक रोजगार विभाग)

lokaantar.com बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah