राप्रपा नवलपरासी क्षेत्र नं. ३ का क्षेत्रीय उपाध्यक्ष सहित ३० जनाले पार्टी नेतृत्वको गतिविधिप्रति असन्तुष्टि जनाउंदै संयुक्त राजिनामा दिएका छन् ।
उनीहरूले राप्रपा नवलपरासी क्षेत्र नं.३ को वैठकमा उनीहरुले संयुक्त राजिनामा दिएका हुन् । राजीनामा दिनेमा क्षेत्रीय उपउपाध्यक्ष र क्रियाशिल पार्टी सदस्य छन् ।
पार्टी अध्यक्ष कमल थापाको व्यक्तिगत निर्णय लिने गतिविधिप्रति असन्तुष्टि जनाउँंदै र पार्टी एकता गर्न नपाउँदै गुट, उपगुटमा लागेको भन्दै उनीहरुले संयुक्त राजिनामा दिएका हुन् । जिल्ला सदस्य तथा कार्यकर्ताहरुले पनि जिल्ला कमिटीमा राजिनामा दिने जनाएका छन् । नया पत्रिकामा खबर रहेको छ
राप्रपा क्षेत्र नं.. ३ का सभापति विष्णु अधिकारीले आफूसँग राजिनामा आएको तर आफूले राजिनामा स्वीकृत नगरेको जानकारी दिए । उनले आफूले केन्द्रमा गएर कुरा गरेपछि मात्र यस विषयमा थप निर्णय लिने बताए ।



