लोकतन्त्रको लाज नामक वृत्तचित्र प्रदर्शन कार्यक्रममा उनले दाल र भातको सितामा समेत राजनीति भएकाले देशको बेथिति अन्त्य नभएको बताइन्। बाउबाजेदेखि देशको विकासका लागि लड्दा समेत परिवर्तन महसुस नभएको उनको कथन थियो। पहिलो पोस्ट मा खबर रहेको छ
पूर्व पत्रकार तथा विवेकशील साझा पार्टीका सहसंयोजक रविन्द्र मिश्रले नागरिकलाई पीडा र लज्जाले नछोएकाले देश अगाडि नबढेको बताए। उनले भने, ‘हामीलाई बालक ढलमा डुब्दा पीडा हुन्न। १० मिनेटको बाटोमा १ घण्टा जाम हुँदा पीडा हुन्न। त्यसैले देशमा यस्तो बेथिति भएको हो। पीडा र लाज सबैले मान्ने हो भने देश विकास हुन्छ।’
कार्यक्रममा बोल्दै डाक्टर गोविन्द केसीले नेशनल कलेजले सम्बन्धन पाउँदा प्रधानमन्त्री नबोल्नु अचम्म भएको बताए। उनले भने, ‘प्रधानमन्त्रीले केही नबोल्नुले नै सरकार माफियाले चलाउँछ भन्ने प्रमाणित भएको छ।’
सोलिडारिटी फर डाक्टर गोविन्द केसी एलाइन्स र नागरिक समाजका अगुवाहरुले गरेको ‘लोकतन्त्रको लाज’ नामक वृत्तचित्रमा नेपालको बेतिथि र अबको बाटो के भन्ने विषय प्रस्तुत गरिएको थियो। वृतचित्र विशेषगरी लोकमान सिहं कार्कीले गरेका बेथितिमा केन्द्रित थियो।



