काठमाडौं । अवैध रुपमा ल्याइएको ८८ किलो सुन प्रहरीले क्षेत्रपाटीबाट बरामद गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले ८८  किलो सुनसहित गाडी र चालकलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी आयुक्त जयबहादुर चन्दले जानकारी दिए  ।

राति दुई बजेतिर प्रहरीले उक्त सुनसहितको गाडी पक्राउ गरेको हो । बा १७ च ६४२७ नम्बरको टाटा सफारीमा लुकाइ राखिएको सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भन्सार छली गरेर ल्याइएको सुनमध्ये यसरी पक्राउ गरिएको यो सबैभन्दा धेरै हो ।