भदौ १९ – चर्चित नेपाली टेलिभिजन रियाललिटी शो ‘नेपाल आइडल’ आयोजकले आफूविरुद्ध अनर्गल प्रचारबाजी तथा गालीगलौज नगर्न आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय स्तरको टेलिभिजन शोको प्रतिष्ठामाथि आँच आउने काम नगर्न आग्रह गर्दै केही समूह नेपाल आइडल प्रतियोगितालाई नै विवादित बनाउन लागिपरेको नेपाल आइडलले फेसबुकमा लेखेको छ । केही दिनदेखि प्रतियोगिता आयोजक, निर्णायक र कर्मचारीलाई सामाजिक सञ्जालमा अपाच्य र तल्लो स्तरको भाषा प्रयोग गर्दै गाली गरेका व्यक्तिको सूचि प्रहरीलाई बुझाउने तयारी गरेको आयोजकको भनाई छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

साथै गत शुक्रबार नो इलिमिनेसन डे घोषणा गरिएको कुरालाई लिएर धेरै नै गुनासो आएकोले आउने हप्ताको भोटिङ निःशुल्क बनाउन फ्रिमेन्टल मिडियासँग छलफल भइरहेको पनि प्रतियोगिता आयोजकको भनाई रहेको छ ।

त्यस्तै शोमा कुनै पनि मनोमानी नभएको र आफूलाई कार्यक्रम सञ्चालन गर्न दिने फ्रिमेन्टल मिडियाको नियम भन्दा बाहिर गएर प्रतियोगिता सञ्चालन नभएको पनि कम्पनीको दाबी छ ।