काठमाडौं : रसुवा केरुङ नाका हुँदै सोमवार काठमाडौं भित्र्याएको ८८ किलो सुन तस्करीका मुख्य नाइके चाइनियाँ नागरिक पनि सुनसँगै काठमाडौं आएको खुल्न आएको छ।

सुन सहित पक्राउ परेका बा १७ च ६४२७ नम्बरको टाटा कम्पनीको गाडीका चालक २४ वर्षीय मनोज अधिकारीले प्रहरीमा उनीसँगै आएको बयान दिएका छन्। महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले सुन तस्करीका मुख्य नाइके चिनियाँ नागरिक भएको र काठमाडौं आएकाले खोजी कार्य भइरहेको बताए।

‘अप्रेसन गोल्ड’ नाम दिएर प्रहरीले चिनियाँ नागरिकको खोजी गरिरहेको छ। प्रहरी स्रोतका अनुसार ती नागरिकको पहिचान भइसकेकाले पक्राउ परेका मनोजलाई प्रहरीसँगै लिएर खोजी भइरहेको छ। स्रोतका अनुसार प्रहरीले केही चिनियाँलाई पक्राउ गरेर अनुसन्धानपछि छोडेको छ। चिनियाँ नागरिक सुन भएको गाडीमा नभइ अर्को गाडी समेत प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको एसएपी लोहनीले पहिलोपोस्टलाई जानकारी दिए।

नयाँ गाडीमा भिआइपीको लोगो लगाएर सुन राजधानी भित्र्याइको थियो। भिआइपीको लोगो भएकाले चेकपोस्टमा चेक जाँच नहुने भएकाले यो चलाखी अपनाएको प्रहरीको दावी छ। २०५४ मंसिर २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीले १ सय केजी सुन बरामत गरेको थियो। अवैध सुन तस्करीको अभियोगमा कोरियन नागरिक युन सोङ र जो कुन ह्वा पक्राउ परेका थिए। २० वर्षपछि प्रहरीले बरामत गरेको अवैध सुनको नै ठूलो परिमाण हो। २०७० असार २५ गते केन्द्रीय अनुसन्धान व्युरोले तातोपानी नाकाबाट बा ३ ख २५८० नम्बरको कन्टेनरमा राखेर राजधानी ल्याउँदै गरेको ३५ केजी सुन बरामद गरेको थियो। गत पुसमा नै व्युरोले बिमानस्थल बाहिरबाट दुवईबाट ल्याएको ३३ केजी सुन बरामद गरेको थियो। पहिलो पोस्ट बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah