अर्जुन गिरी , पोखरा, १९ भदौ ।चाउथे स्वागतनगर घर भएकी देवीकुमारी भुजेल ५० करोड भन्दा बढीरकम ठगेर परिवारसहित भागेकी छन् ।

व्यवसायी, आफन्त र चिनजानका व्यक्तिबाट विभिन्न वाहानामा रकम ठगेर देवीकुमारी पति र ३ सन्तानसहित भागेकी हुन् ।

स्याङ्जा भाटखोला घर भइ हाल चाउथे बस्ने ४२ वर्षीय देवी जग्गाको कारोबार गर्थिन् । उनका पति लक्ष्मण थापा भने भारतीय सेनाका पेन्सनर हुन् ।चाउथेमा घर जग्गा अनि गाडी देखाएर धेरैजनालाई फसाएर उनीहरु भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

पति भारतीय सेनामा रहेकैबेला देवीले धेरैसँग पैसाको लेनदेन गरेर मन जितेकी हुन् । देवीको रुप, बानी, बोली चालचलन राम्रो भएकौ कारण धेरैले उनलाई पत्याएर रकम दिएको चिनजानका व्यक्तिहरु बताउँछन् ।

लक्ष्मणसँग बिहे हुनुअघि नै देवीले पोखरामा जग्गाको काम गर्थिन् । त्यही बेलामा उनले धेरै व्यापारी व्यवसायीसँग सम्बन्ध मजबुत बनाएकी थिइन् । देवी र उनका पतिले साथीभाइ मात्र नभएर नजिकका आफन्तको समेत रकम ठगेको उजुरी परेको छ ।

चाउथेमा रहेको घर बेचेर उनीहरुले उनै घरधनीलाई समेत ठग्न भ्याएका छन् । पोहोर माघमा बैना लगाएर वैशाखमा देवीको घर किनेको शोभा लम्सालले बताइन् । ‘मान्छे ठगेर भाग्नेजस्ती जस्ती थिइनन्, हाम्रो पनि रकम खाएर परिवारै भागिन्,’ उनले भनिन्, ।

शोभाका पतिसँग देवीले १० लाख रुपैयाँ सापटी लिएकी थिइन् । शोभालाई घर बेचेपछि देवीको परिवार त्यही घरको माथिल्लो तला भाडामा लिएर बसेको थियो । ‘हामीलाई तल्लो तल्लामा बस्न लगाएर देवीको परिवार माथिल्लो तल्लामा बस्थ्यो,’ उनले भनिन्, ‘देवीले नयाँ घर नबनेसम्म ८ महिना त्यही घरमा बस्छु भनेकी थिइन् ।’

देवीले ५५ जना भन्दा धेरैलाई ठगेको हुनुपर्ने अनुमान शोभाले पनि लगाइन् । ‘यति धेरै मान्छे आउँछन् घरमा म त हैरान भइसकें,’ उनले भनिन्, ‘पोखरामा सबैलाई ठग्न भ्याएकी रहिछन् ।’ भदौ १४ गतेदेखि उनीहरु हराएको शोभाले बताइन् ।

‘बुधबारदेखि जब देवी र उनकापतिको फोन अफ भयो, त्यहाँबाट मान्छे खोज्दै घर आउँन थाले,’ उनले भनिन्, ‘हामी घर नभएको मौका पारेर भागेछन् ।’

केही महिना अघिदेखि पोखराबाट भाग्ने योजना बनाएकी देवीले पछिल्लो चरणमा समेत धेरैजनासँग रकम लिएको पाइएको छ । कोहीसँग श्रीमान् अमेरिका पठाउने भन्दै त कोहीसँग जग्गा किन्ने बैना हाल्नु पर्‍यो भनेर पैसा लिएको उनको चिनजानका व्यक्तिले बताए ।

देवी र पतिसहित ३ सन्तान लिएर कहाँ गइन् कसैलाई पत्तो छैन । उनकी जेठी छोरी अमरसिंह उच्च माविमा, अर्की छोरी कास्की मोडर्नाइज्ड र छोरा पोखरा पब्लिकमा पढ्थे ।

पोखरा–१५ सानेपाटनका पूर्णबहादुर थापाको पनि पैसा लिएका रहेछन् । ‘लक्ष्मण साथी भनेर १३ लाख चलाउन थिएको अहिले परिवारनै भागेछन्,’ उनले भने, ‘केही दिनमा फिर्ता गर्छु भनेर लगेका थिए अहिले म जस्तै धेरैलाई श्रीमान्श्रीमती भएर ठगेका रैछन् ।’

रकम दिँदा यस्तो गर्लान भनेर आफूले कत्ति पनि नसोचेको पूर्णले सुनाए । ‘पोखरामै घर भएको चिनेजानेको साथीले यस्तो गर्ला भनेर सोचेकै थिइन्,’ उनले भने, ‘धेरैलाई धेरै थरी वहाना बनाएर पैसा लिएका रैछन् ।’

देवी र उनका पति विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी समेत परेको डिएसपी तथा प्रवक्ता खड्कबहादुर खत्रीले बताए । ‘लिखित र मौखिक विवरण हेर्दा ५० जना भन्दा धेरै मान्छेबाट करोडौ रकम ठगेको पाइन्छ,’ उनले भने, ‘आधिकारिक विवरण नभएपनि कम्तीमा ४०–५० करोड ठगेको हुनुपर्छ ।’गुनासो र निवेदन आउने क्रम जारी रहेको डिएसपी खत्रीले बताए ।

‘केही जग्गा किन्ने त केहीलाई सापट भनेर ठगेको आरोप छ,’ उनले भने, ‘घर जग्गा देखाएर ठगेकी रैछन् ।’

‘यति धेरै मान्छेलाई यत्रो रकम ठग्दा केही महिना त लाग्यो होला,’ उनले भने, ‘तर यस भन्दा अघि देवीको बारेमा लेनदेन सम्बन्धी एउटापनि उजुरी र गुनासो आएको थिएन , समाधानमा उल्लेख छ ।

जब देवी र लक्ष्मणको फोन अफ भयो त्यहाँबाट खोजी कार्य सुरु भयो । घर जग्गा बेचेर भागेको भन्ने थाहा पाएपछि बल्ल पीडित प्रहरीमा पुगेका हुन् ।
न्यूज अभियान डट कम बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah