२० भदौ, काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले आगामी डिसेम्बरभित्र मेलम्चीको खानेपानी काठमाडौं आइपुग्ने दाबी गरेका छन् ।

मंगलबार राजधानीमा भएको एक कार्यक्रममा उनले भने, ‘ढुक्क हुनुहोस्, मेलम्चीको खानेपानी काठमाडौंबासीले यसै वर्षको डिसेम्बर (पुस)भित्रै उपभोग गर्न पाउँछन् ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मेलम्चीको पानी काठमाडौं आउने अनिश्चितता चिदै आफूले यसै वर्षभित्र ल्याउने माहोल बनाएको बताए । ‘मेलम्चीको पानी काठमाडौं आउने अनिश्चितजस्तो थियो, म मन्त्री भएपछि यसलाई निश्चित गराएँ,’ उनले सुनाए । न्यूज सेवा बाट