काठमाडौं- अहिले निकै चर्चामा रहेकाे एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ विरुद्ध मुद्धा दायर भएको छ । साेमबार काठमाडाैं जिल्ला अदालतमा नेपाल अाइडल बिरूद्द मुद्दा दायर भएकाे छ।
करार ऐन २०५६ को दफा ८७ को देहाय १ र २ मा टेकेर आइडल विरुद्ध अधिवक्ता यज्ञमणी न्यौपानेले मुद्धा दायर गरेका हुन् । अदालतले सो मुद्धाको पेशी बुधबारलाई तोकेको छ ।
गत शुक्रबार आइडलका निर्णायकहरुले विशेषाधिकार प्रयोग गरेको भन्दै आम जनता बाट प्राप्त भोटको परिणाम सार्वजनिक नगरेकाले कार्यक्रमका निर्णायकहरुले प्रयोग गरेको अधिकारका विरुद्धमा मुद्धा दर्ता गरिएको न्यौपानेले बताएका छन् । इदैनिक पोस्टमा खबर रहेको छ
दर्शक तथा भोर्टसहरुको जन चासो र सरोकारको विषय भएकाले अदालतबाट उचित फैसला आउन आउने न्यौपानेले बताएका छन् ।
गत शुक्रबार टप ३ मा को पुग्लान र को आउट होलान भन्ने चर्चा सर्वत्र चर्चा भइरहेकेा बेला निर्णायकहरुले विशेषाधिकार प्रयोग गरेको भन्दै आम जनता बाट प्राप्त भोटको परिणाम सार्वजनिक नगरेर सबैलार्इ अर्काे राउण्डमा पुर्याएका थिए। अहिले
नेपाल आइडलमा चार प्रतियोगी निशान भट्टराई , बुद्ध लामा , सागर आले र प्रताप दास छन् ।
के छ करार एेन २०५६, दफा ८७ काे १ र २ मा ?
८७. अदालतले आदेश दिन सक्ने ः (१) करारको कुनै पक्षले सो करारको प्रकृति अनुसार गर्न नहुने कुनै काम कारबाही वा व्यवहार गर्न लागेको कारणबाट करारको परिपालना सम्भव नहुने भएमा त्यस्तो काम कारबाही वा व्यवहारबाट मर्का पर्ने पक्षले त्यस्तो काम कारबाही वा व्यवहार रोकी पाउने जिल्ला अदालतमा उजुरी दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम उजुरी परेमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सो करारबाट उत्पन्न विवादको समाधान सो करार वा प्रचलित कानून बमोजिम हुने गरी कुनै पक्षलाई निजको कुनै खास काम कारबाही वा व्यवहार तत्काल रोक्ने गरी उपयुक्त आदेश जारी गर्न सक्नेछ ।
यसलार्इ अाधार मान्दा नेपाल अाइडलकाे अगामी यात्रा जिल्ला अदालतकाे निर्णयले तय गर्ने छ।



