लहान, २० भदौ । लहान नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार मुनी साहकाे घरमा बम बिस्फोट गराइएको छ । दिनभरिको चुनावी प्रचार प्रसार सकेर करिब साढे सात बजे घर भित्र प्रवेश गरे लगत्तै उनकाे घरमा बम फालिएको थियो ।
घर भित्र फालिएको बम पर्खालमा लागि बाहिरै बिस्फोट भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । विष्फोटनबाट खासै क्षती नभएकाे इलाका प्रहरी कार्यालयले जनाएकाे छ ।
उक्त बम खाजा बाेक्ने टिफिनमा फिट गरेर बनाइएकाे प्रहरीले बताएकाे छ । बम बिष्फोट पछि लहानमा सुरक्षा व्यवस्था कडा पारिएकाे छ ।
बम कसले विस्फोट गराएकाे हो भन्ने बारेमा हालसम्म कसैले जिम्मा लिएकाे छैन । चुनाव विरोधी गतिविधिमा संलग्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका कार्यकर्ताले बम विस्फोट गराएको अनुमान प्रहरीले गरेको छ। पुर्बेली न्यूज बाट साभार



