काठमाडौं, २१ भदौ — करोडौं मानिस नियमित रूपमा गूगलबाट आफूलाई चाहिने कुरा खोज्छन् । आफ्ना सबै प्रश्नको जवाफ उनीहरू गूगलमै खोज्छन् ।

सबभन्दा धेरै सर्च हाउ टु (अर्थात् कसरी गर्ने) भन्ने विषयमा खोजिन्छ ।
हाउ टुमा उनीहरूले ट्युटोरियल अर्थात् सिकाइ विधि भेट्छन् । त्यो पढेर मानिसहरूलाई कुनै काम गर्न सहज हुन्छ ।
हरेक देशमा फरक फरक हाउ टु सर्च हुन्छ । भारतमा फेसबूक कसरी ह्याक गर्ने भन्ने सबभन्दा बढी खोजिन्छ भने इटालीमा ट्वाइलेट कसरी मर्मत गर्ने भनी खोजिन्छ ।
समग्रमा यी खोजी चाहिँ सबभन्दा बढी हुने गरेका छन् :
कसरी गर्भवती बनाउने ?
कसरी चुम्बन गर्ने ?
कसरी टाई बाँध्ने ?
कसरी तौल/बोसो घटाउने ?
कसरी पैसा कमाउने ?
कसरी फ्रेन्च टोस्ट बनाउने ?
एजेन्सी



