श्याम खतिवडा

गत साउनको पहिलो साता दोलखा सदरमुकाम चरिकोटका एक व्यापारीलाई छुरा प्रहार गरी लाखौं रकम लुट्ने गिरोहका मुख्य नाईके पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा जिल्ला भीमेस्वर नगरपालिका वडा नम्बर ३ का २० वर्षीय अरुण ठकुरी रहेका छन् । ठकुरीलाई दोलखा प्रहरीले विशेस सुराकीका आधारमा पक्राउ गरी सार्वजनिक गरेको हो ।

कालिन्चोक गाउँपालिका वडा नम्बर ८ स्थायी घर भएका व्यवसायी राजेन्द्र पौडेललाई छुरा प्रहार गरी ४ लाख २५ हजार रुपैयाँ लुटेको अभियोगमा ठकुरीलाई पक्राउ गरिएको हो । प्रहरीले ठकूरी सहित तिन जनालाई पक्राउ गरे पनि बाँकी दुई जनाको नाम सार्वजनिक गरेको छैन । नियन्त्रणमा रहेका ठकुरी भने लुटपाटको घटनाको मुख्य नाईके भएको दोलखा प्रहरीले जनाएको छ ।

गत साउन ८ गते चरिकोट स्थित होटल रोशीमा खाजा खाइरहेका व्यवसायी पौडेललाई ६/७ जनाको समूहले छुरा प्रहार गरी नगद लुटेको थियो । प्रहरीले यसअघि पनि सोही घटनामा चरिकोटकै बिक्रम नेपालीलाई पक्राउ गरेको थियो । नेपाली जिल्ला अदालतको आदेश वमोजिम धरौटीमा रिहा भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah