आमा सरस्वती मुभिजको ब्यानरमा बनेको दिपाश्री निरैलाले निर्देशन गरेको चलचित्र ‘छक्का पन्जा २’को ट्रेलर सार्वजनिक भएको छ।

निक्कै नै रमाईलो स्थानहरुमा छायांकन गरिएको यस चलचित्रको ट्रेलर निक्कै राम्रो बनेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चलचित्रमा दिपकराज गिरी,जितु नेपाल,केदार घिमिरे,शिवहरी पौडेल,बुद्धि तामाङ,बर्षा राउत,प्रियंका कार्की र स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ।

चलचित्रको ट्रेलरमा देखिए अनुसार चलचित्र पक्कै राम्रो बनेको हुनुपर्छ। यसका संवादहरु पनि निक्कै नै रमाईलो देखिन्छ। यसअघि दुई गित सार्वजनिक भइसकेको यस चलचित्रको एउटा गित ‘नाइलनको साडिमा’ भने विवादमा परेको थियो।

यसअघि दिपाश्रीकै निर्देशनमा बनेर प्रदर्शन भईसकेको ‘छक्का पन्जा’ ले नेपाली फिल्मी क्षेत्रको अहिलेसम्मकै इतिहासमा सबैभन्दा धेरै पैसा कमाउँने फिल्मको रेकर्ड राखेको थियो।

कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन, विपिन मल्लको सम्पादन, दिर्घ गुरुङको छायांकन रहेको फिल्ममा विकास आचार्य कार्यकारी निर्माता रहेका छन् ।

ट्रेलर हेर्नुहोस् 

https://youtu.be/I8qrKa5uOOg