संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवालाई जिल्ला समन्वय समिति पर्सामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा प्रवेशमा रोक लगाइयो।

पार्टीका तर्फबाट वीरगञ्जको मेयरका उम्मेदवार विजयकुमार सरावगी र उपमेयरका उम्मेदवार पिंकीदेवी यादवसँगै जुलुस लिएर मनोनयन दर्ता स्थल पुगेका यादवलाई दर्ता स्थलमा प्रवेशमा रोक लगाइएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पर्साका प्रहरी उपरीक्षक सुदिप गिरी आफैंले अध्यक्ष यादवलाई उम्मेदवारको मनोनयन दर्ता स्थलमा प्रवेश नगरिदिन अनुरोध गरेका थिए। मनोनयन दर्ता स्थलमा यादव जाँदा सुरक्षा चुनौति बढ्ने आंकलन गरेर प्रहरीले उनलाई जिल्ला समन्वय समितिको गेट बाहिरै रोकेको प्रहरीले जनाएको छ।

प्रतिनिधि पठाएर मनोनयन दर्ता गराइसकेका संघीय समाजवादी फोरम नेपालका मेयरका उम्मेदवार सरावगी र उपमेयरको उम्मेदवार यादव मनोनयन दर्ता प्रक्रिया पूरा गर्न दर्ता स्थलमा पुगेका थिए।