सरकारले बजार अनुगमन अघि बढाएको विरोधमा दरवारमार्गका व्यवसायीहरु आफ्नो पसल बन्द गरेर प्रदर्शनमा उत्रिएका छन् । अनुगमन टोलीले आजपनि केही पसलहरुमा सिलबन्दी गरेपछि व्यवसायीहरु ठग्न पाउनु पर्ने भन्दै अनुगमनको विरोधमा उत्रिएका हुन ।

व्यवसायीको विरोधका कारण केही समय दरवारमार्ग क्षेत्रको स्थिति असहज बनेको थियो । उनीहरुले आफूहरुले भनेअनुसारको मुल्यमा समान बिक्रि गर्न पाउनु पर्ने माग गरेका छन ।

बुधबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सम्बन्ध समितिले उक्त क्षेत्रमा अनुगमन गर्न थालेपछि व्यवसायी एक भएर सटर बन्द गरेका थिए । बुधबार सरकारी टोलीले अनुगमन गर्दै दरवारमार्गका घडी पसल वाच एण्ड सी र सुलक्स तथा कपडा पसल लेभिज र बोसेनीमा सिल गरेको छ ।

अनुगमनका क्रममा १ हजार ५ सय रुपैयाँ मूल्यको घडीलाई ११ हजार र १ लाख २० हजार रुपैयाँ मूल्यको घडीलाई २ लाख ५० हजार रुपैयाँसम्म बेचेको तथ्य फेला परेको विभागका अधिकृत श्री अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah