विद्यालयले अनावश्यक शुल्क उठाउने निर्णयको विरोध गर्दै विद्यार्थीहरू आन्दोलित भएका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकास्थित कृष्ण रत्नगंगा माविका विद्यार्थीहरू विद्यालय पोशाकमै जिल्ला प्रशासन र शिक्षा कार्यालयमा पुगेर अनावश्यक शुल्कबारे ध्यानाकर्षण गराए ।

विद्यालयले हरेक वर्ष उठाउँदै आएको भर्ना, परीक्षा, भौतिक शुल्क बढाएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् । यो वर्ष विद्यालयले जग्गा भाडाको शीर्षकमा समेत रकम लिने निर्णय गरेपछि विरोध गरेको विद्यार्थीको भनाई छ ।
भर्ना शुल्क दुई हजार, परीक्षा एक हजार, भौतिक शुल्क एक हजार पाँचसय र जग्गा भाडाको शुल्क पा“चसय लिने निर्णय बन्द गर्न दबाब दिँदै विद्यार्थी एकजुट भएका छन् । साविकको विद्यालयभवन भूकम्पले क्षतिग्रस्त बनाएपछि स्थान अभावमा भाडाको जग्गाको टहरामा विद्यालय सञ्चालन गरिएको छ ।

विद्यार्थीको समूहले विद्यालय प्रशासनसहित प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीलाई ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाएको नेपाल विद्यार्थी संघका इकाई सभापति गिरिराज कटुवालले बताए । ‘गाउँको विद्यालयमा गरिबका छोराछोरी पढ्छन्, यो जबर्जस्ती शुल्क आवश्यक छैन,’ गिरिराजले भने । विद्यार्थीले विद्यालयलाई त्रापनपत्र बुझाउँदै सात दिनको समय सोच्नका लागि दिएका छन् ।

शिक्षा कार्यालय पुगेका विद्यार्थीको समूहलाई जिल्ला शिक्षा अधिकारीले अभिभावकवर्ग र विद्यालय परिवारले यसबारे गहन रुपमा सोच्नुपर्ने बताए । ‘विद्यार्थीको र विद्यालयको अवस्था हेरेर शुल्क निर्धारण गर्नुपर्ने हो,’ उनले भने, ‘यसबारे बुझेर विद्यार्थीको हितका लागि पहलकदमी गराउँछु ।’ प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले विद्यालयले अनावश्यक शुल्क उठाउने निर्णय गरेको हो भने त्यसलाई सच्याउन अनुरोध गर्ने आश्वासन विद्यार्थीलाई दिए ।

भूकम्प गएको तीन वर्ष भइसक्दा पनि जिल्लाकै जेष्ठ विद्यालय श्रीकृष्ण रत्नगंगा मावि अझै टिएलसीमा निर्भर रहेको छ । ‘जग्गाको भा“डा विद्यालयले व्यर्होन नसकेपछि यस्तो शुल्क लिन बाध्य भएका हौँ’, प्रअ राजेन्द्र कार्कीले भने, ‘विद्यालयको भवन अझै बन्न नसक्दा टिएलसीमा कक्षा चलाइरहेका छौँ ।’
प्रअ कार्कीले विद्यालयको समस्या अभिभावकवर्गलाई जानकारी गराउने क्रममा रहेको बताए । रत्नगंगा माविमा झण्डै एकहजार तीनसय विद्यालय बालबालिका अध्ययन गरिरहेका छन् ।
– किशोर बुढाथोकी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah