भारतकी वरिष्ठ पत्रकार तथा दक्षिणपन्थी आलोचक गौरी लंकेशको मंगलबार बेंगलुरुमा गोली हानी हत्या भएको छ । ५५ वर्षकी गौरी लंकेश पत्रिकाकाे संचालन गरिरहेकी थिइन् । उनका पिता पि लंकेशले सुरु गरेको उक्त पत्रिका चलाउँदै आएकी गौरी हालै मात्र लेखिका तथा पत्रकार राणा अय्युबको किताब ‘गुजरात फाइल्स’लाई कन्नडमा अनुवाद गरेकी थिइन् ।
राणा अय्यूवले बिबिसिलाई दिएको जानकारी अनुसार गौरी पछिल्लो केही बर्षदेखि श्रीराम सेने जस्ता दक्षिणपन्थी बिचारधारावाला संगठनहरुको धम्कीबाट प्रताडित थिइन् । बिजेपीका एक नेताले उनी बिरुद्ध मानहानीको मुद्धा पनि लगाएका थिइन् ।
म उनको लागि आतंकित हुने गर्थे किनकी उनका बिरुद्ध मुद्धा दायर भएको थियो र हालै उनको नाममा पक्राउ आदेश दिईसकिएको थियो– राणा अय्यूब ले भने, ‘मलाई डर लाग्ने गथ्यो कि उनले यस्तो काम गर्नुहुन्नथ्यो । अब उनको हत्या तिनैले गरे जो उनको आवाजसँग डराईरहेका थिए ।’
राणा भन्छन्, ‘बेंगलुरुमा वा भनौ यो देशमा उनी एक्ली महिला थिइन् जसको आवाज दक्षिणपंथी शक्तिको बिरुद्ध उठीरहेकी थिइन् ।’ गौरी लंकेशले धेरैपटक बताएकी थिइन् कि उनको विचारधारा, लेखहरु र भाषणहरु प्रति उनलाई धम्कीहरु आइरहेको थियो ।
हत्याको कारण बिचार
गौरी लंकेशको बारेमा लेखक मंगलेश डबरालन बताए, ‘उनको हत्या यकिन बिचारधाराको कारण हो । उनी पछिल्ला दुई वर्ष दक्षिणपंथी शक्तिको निशानामा थिइन् । अन्ततः उनीहरु गौरीको हत्या गर्न सफल भए ।’
उनले अगाडि भने, आफ्ना पिता पि लंकेशको जस्तै उनी पनि निर्भिक पत्रकार थिइन् । कन्नड पत्रकारिता र साहित्य पत्रकारितामा उनको लंकेश पत्रिकाको प्रमुख भूमिका थियो ।’
आफ्नो हत्या हुँदैछ भन्ने आभास एक हप्ताअघि नै
वरिष्ठ पत्रकार तथा चर्चित कन्नड ट्याब्लोइड पत्रिका गौरी लंकेश पत्रिकेकी सम्पादक गौरी लंकेशलाई आफ्नो हत्या हुँदैछ भन्ने आभास एक हप्ताअघि नै रहेको खुलेको छ ।
यसैबाट जन्मेको डरका कारण गौरीले आमा र बहिनीसँग यसको चर्चा पनि गरेकी थिइन् । गौरीले शंकास्पद मानिसहरू उनको घरवरिपरि घुमिरहेको बताएकी थिइन् ।
तर गौरीले यसको जानकारी प्रहरीलाई दिइनन् ।
कर्नाटकका मुख्यमन्त्री सिद्धरमैयाले पनि गौरीले कहिल्यै पनि आफूलाई ज्यान मार्ने धम्की आएको खबर नगरेको बताए । उनी प्रहरीका उच्च अधिकारीहरूसँग कुराकानी गरिरहने भएपनि उनीहरूलाई सुरक्षा स्थितिको बारेमा बताइनन् ।
गौरीकी बहिनी कविताले प्रहरीलाई दिएको बयानमा भनिन्, ‘एक हप्ताअघि गौरी बानाशंकरीस्थित मेरा घरमा बिरामी आमालाई हेर्न आएकी थिइन् । त्यतिखेर उनी आफ्नो सुरक्षाका सम्बन्धमा चिन्तित थिइन् । केही शंकास्पद मानिसहरू आफ्नो घरवरिपरि घुमिरहेको उनी बताउँथिन् । मैले र आमाले उनलाई यस विषयमा प्रहरीलाई जानकारी दिने सल्लाह दियौं । गौरीले चाहिँ फेरि त्यस्ता मानिसहरू देखिए भने प्रहरीलाई अवश्य गुनासो गर्ने बताइन् ।’
तर केही दिनमै गौरीको ज्यान गयो । मंगलवार राति गौरीको राजेश्वरीनगरस्थित आवासमा अज्ञात आक्रमणकारीहरूले गोली हानेर हत्या गरिदिए । शुरुवाती रिपोर्टअनुसार गौरीलाई एकदम नजिकबाट आक्रमणकारीहरूले सात राउन्ड गोली हाने । उनको घटनास्थलमै मृत्यु भयो ।
गौरी कन्नड कवि तथा पत्रकार पी लंकेशकी छोरी थिइन् ।



