रुपन्देही । रुपन्देहीमा प्रेम सम्बन्धबारे भएको झडपमा ११ जना घाईते भएका छन् । त्यस्तै घाईतेमध्ये २ जनाको अवस्था भने गम्भीर रहेको छ । प्रेम सम्बन्धबारेचुक्ली लगाएको भन्दै दुई छिमेकी परिवारबीच झडप भएको हो । घाइतेको युनिभर्सल मेडिकल कलेज भैरहवा र भीम अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । उनीहरु मनौवर अलि शेख र उनका छोरा हुन् । प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको रोहिणी गाउँपालिका ६ विशुनपुराका मनौवर अलि शेख र छोटु यादव परिवारबीच भनाभन सुरु भएको थियो । छोटु यादवकी पत्नीले मनौरका छोरा उमरको प्रेम प्रसंगबारे गाउँमा किन बताएको भन्नेबारेबाट झगडा सुरु भएको थियो । झगडा बढ्दै जाँदा शेष परिवारले भालासहित आक्रमण गरेको थियो । यसपछि छिमेकी छुट्याउन पुगेका थिए । छुट्याउन गएका छिमेकी समेत घाइते भएका छन् । शेष परिवारका ३ र यादव परिवारतर्फबाट ८ जना घाइते भएको प्रहरी चौकी पिप्रहवाका प्रमुख सइ राजुबाबु बानियाँले बताए । उनीहरु महिम यादव, छोटु यादव, ताना यादव, रीमा यादव, शेषमान यादव, सुशीला यादव, छोटेलाल यादव, अमेरिका यादव, महिम उमर शेष मोहमद इशुक र अर्विन निशा हुन् । प्रहरीका अनुसार उपचारमा पठाइएबाहेकका पनि घाइते रहेको छन् । ‘साँझ ७ बजेतिरबाट झगडा सुरु भएको रहेछ ।’असइ बानियाँले भने ‘पौने ९ मा हामी पुग्दा मान्छेहरु रगताम्य भएर ढलेका थिए।’
प्रेम सम्बन्धको विवादले झडप, भाला आक्रमणबाट ११ जना घाइते, दुई गम्भीर
सवाल नेपालसंवाददाताबिहीबार, २१ भदौ २०७४

प्रेम सम्बन्धको विवादले झडप, भाला आक्रमणबाट ११ जना घाइते, दुई गम्भीर
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



