प्रबिन कुलुङ राई
काठमाडौंः काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले गरेका १०० दिनको कामको सुचि सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन गरी काठमाडौंका जनप्रतिनिधीहरुले महानगर सम्हालेको विहिबार १०० पुगेको अवसरमा कामको सुचि मेयर विद्या सुन्दर शाक्यले सार्वजनिक गरेका हुन् ।
उनले चुनावको घोषण पत्रमा सयमा गर्ने भनेको १०१ काम कार्यन्वयनको अवस्थासहितको सुची सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा मेयर शाक्यले निर्वाचनको समयमा गरिएका प्रतिबद्धता अनुरुप नै काम भइरहेको दाबी गरे । भनिएका १०१ कार्यहरु मध्ये अधिकांश कार्यहरु पुरा गरेको बताउँदै केही कार्य कार्यन्वयनको चरणमा रहेको उनले बताए ।
‘नयाँ संविधान कार्यन्वयनका लागि कानुनी व्यवस्था एवं संरचनागत परिवर्तनका कार्य भइरहेको संक्रमणकालिन अवस्था जनताबीच गरिएको प्रतिबद्धता र घोषण एवं कार्यक्रमहरु सम्पादन गर्ने सलिजो थिएन् । यस्तो अवस्थामा पनि स्थानीय सरकारले गर्ने कार्यहरु गरेका छौँ ’ , उनले भने । सम्बोधनको अन्तिममा मेयर शाक्यले जनताको अपेक्षा अनुसार आफूले विभिन्न कारणले काम गर्न नसकेको भने स्वीकार गरेका छन् ।
उनले महानगरलाई भ्रष्टाचार मुक्त बनाउन प्रत्येक वडा कार्यालयमा सिसी क्यामेरा जडानको काम समेत भइरहेको दाबी गरेका छन्। मेयर शाक्यले पत्रकारलाई सम्बोधन गर्दै सडक व्यवस्थापन, ठूला सवारीको संख्या वृद्धि, सार्वजनिक बगैँचाको व्यवस्थापन, वृक्षारोपण, फोहोर व्यवस्थापन, जेष्ठ नागरिका मुद्दाको सम्बोधन, अपांगतामैत्री सडक र भवन निर्माण, फोहोरबाट विजुली निकाल्नेलगायतका प्रतिबद्धताको काम भइरहेको उल्लेख गरेका छन्। उनले सबैलाई परिवर्तनका लागि रचनात्मक सुझाव दिन समेत आग्रह गरेका छन। कार्यक्रममा मेयर शाक्यले पत्रकारले सोधेका प्रश्नको जवाफ समेत दिएका छन्।
उनले ‘क्लिन द सिटी’ अभियान अन्तर्गत एक हजार ९५ मेट्रिक टन फोहर संकलन, ग्रिन द सिटी अभियानअन्तर्गत एक हजार ८०३ बिरुवा रोपण, ८८ वर्ष उमेर पुगेका कामपाका ज्येष्ठ नागरिकलाई रु १२ हजार महानगर भत्ता वितरण र फोहरबाट बिजुली निकाल्ने काम सम्पन्न भइसकेको जनाइएको छ ।
काठमाडौंको पहिचान नेपाल भाषामा काठमाडौंका प्रत्येक वडा कार्यालयमा काम सुरु भएकाे, अपांगता व्यक्तिको विकासका लागि भौतिक संरचना अपांगतामैत्री बनाउने काम भइरहेको, फोहोरबाट बिजुली उत्पादनको काम सुरु भएको कुरा जानकारी गराएका थिए ।
कार्यक्रममा काठमाडौंको ढलमा बगेकी सत्य सापकोटालाई उपचारका लागि एक लाख रुपैयाँको विमा हस्तान्तरण गरेका थिए ।
गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनबाट शाक्य कामपा प्रमुखमा विजयी भएका थिए ।
हेर्नुहाेस् १०० दिनमा पुरा गर्ने १०१ कामकाे अवस्था













