काठमाडाैं । नेपाल प्रहरीले ८८ केजी सुन तस्करीमा संलग्न गिरोह खोज्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसहित भारत र चीनसँगका सबै नाकामा एम्बुस टोली परिचालन गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा तथा जिल्लास्थित अनुसन्धानमा संलग्न संयन्त्रलाई तस्कर रिुद्धको अपरेसनमा तैनाथ गराइएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सुन कारोबारमा संलग्न व्यक्ति देश छोडेर भाग्नसक्ने भन्दै प्रहरीले आशंका गरिएका केही व्यक्तिको हुलिया समेत अध्यागमन विभाग र विमानस्थलका सुरक्षार्मीलाई उपलब्ध गराएको छ । आजको कारोबारमा खबर छ–उत्तरी क्षेत्रका अन्य सम्भावित तस्करीका केन्द्र तथा आसपासमा प्रहरी संयन्त्रले निगरानी बढाएको छ ।

महाशाखा र ब्युरोले निगरानी बढाएको क्षेत्रहरु

-काकडभिट्टा (झापा)

-वीरगन्ज

-तातोपानी (सिन्धुपाल्चोक)

-वेलहिया (रुपन्देही)

-जमुनाह (बाँके)

-मोहना (कैलाली)

-गड्डाचौकी (कन्चनपुर)

-रसुवागढी (रसुवा)

-कोरला (मुस्ताङ)