माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी चुनावमा चितवनबाट चुनाव लड्ने औपचारिक घोषणा गर्नु भएको छ । संविधानसभापछिका दुइटा चुनावमा काठमाडौं, रोल्पा र सिरहाबाट चुनाव लडेका दाहालले पहिलोपटक गृहनगर चितवनबाट उम्मेदवार हुने घोषणा गर्नु भएको छ ।

चितवनको भरतपुरमा पत्रकारसंग कुरा गर्दै उहाँले भन्नुभयो–मैले चितवनबाट चुनाव लड्ने पार्टीले निर्णय गरेको छ, तर कुन क्षेत्रबाट भन्ने निर्णय भएको छैन, तीनमध्ये कुनै एक क्षेत्रबाट चुनाव लड्छु ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दाहालले आफूले चितवनबाट चुनाव लड्दा मतदाताले स्वागत गर्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय राजनीतिक परिवर्तनको मोड दिने पार्टीको नेताको हैसियतले आउँदा चितवनबासीलाई खुसी र गौरव हुने उहाँले उल्लेख गर्नुभयो । पहिलेका चुनावमा पनि आफूले चितवनलाई उपेक्षा नगरेको प्रष्ट पार्दै दाहालले सबैतिरको अनुभव हासिल गरेर गृहजिल्ला फर्किएको बताउनुभयो ।

दाहालले वाम शक्तिबीच चुनावी एकता हुनुपर्ने पक्षमा आफू रहे पनि स्थानीय तहमा परिस्थितिवश कंग्रेससँग तालमेल भएकाले आगामी चुनावमा पनि कंग्रेसलाई नै प्राथमिकतामा राख्ने बताउनुभयो । इकान्तिपुर् बाट साभार