नेपाल आइडलको पक्षमा काठमण्डौ जिल्ला अदालतले फैसला गरेपछि नेपाल आइडलले फेसबुकपेज मार्फत यस्तो बताएको छ ।

सम्मानित काठमाडौं जिल्ला अदालतद्वारा नेपाल आईडलविरुद्ध दायर गरिएको रिट खारेज गरिएको छ । यसबाट अवश्य पनि विश्वभर रहनु भएका नेपाल आईडलप्रेमी नेपालीजन खुशी हुनुहुन्छ होला । लहड्कोभरमा दायर गरिएको उक्त रिट र जारी अादेशका कारण हामीले यो अन्तर्राष्ट्रिय शो को फरमेटमा हिजो नचाहँदानचाहँदै पनि केही फेरबदल गर्नु पय्रो । जे होस् हामीलाई न्याय मिलेको छ, तर…
१ – अाफूले चाहेको प्रतिस्पर्धीलाई बचाउन एलिमिनेसन नगरेको भनि नेपाल आईडलका प्रतिष्ठित निर्णायकहरूलाई लगाईएको अारोप गलत प्रमाणित भएपछि अब
२ – यहि अारोपकै कारण नेपाल आईडलका प्रतिष्ठित निर्णायकहरुलाई पुगेको मानसिक पीडाको क्षतिपूर्ति कसले गर्ने ?
३ – अाईडलको अन्तर्राष्ट्रिय छविलाई नै धमिल्याउने यो दुष्प्रयासको सजाय के हुने ?
४ – नेपाली टेलिभिजनका दर्शकलाई अन्तर्राष्ट्रियस्तरको कार्यक्रमहरु प्रस्तुत गर्दै विदेशी च्यानलको परनिर्भरता हटाउने प्रयत्नमा रहेको एपि वानलाई हतोत्साहित गरेर कसलाई फाईदा पुग्छ ? त्यसको खोजी कसले गर्ने ?

नेपालमा नयाँ जे गर्न खोजे पनि खुट्टा तान्ने प्रवृत्तिलाई यो रिटले बल पुय्राउने तथा नेपाली मनमस्तिष्कमा रहेको भनाई “सतीले सरापेको देशमा राम्रो गर्नेको भलो नहुने” भन्ने भावना फेरि उकास्न मद्दत पुय्राउने यस्ता कामबाट सतर्क रहन अाग्रह गर्दछौ साथै पुन: दोहोय्राउँछौ – भोट गर्ने / नगर्ने दर्शकको खुशीमा निर्भर छ, भोटिंगका लागि कुनै करकाप नभएको सविनय अनुरोध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah