उपभोक्तालाई चरम रूपमा ठगी गरेको अभियोगमा सिलबन्दी गरिएका दरबारमार्गका पसल खुलाउनुपर्ने माग लिएर मन्त्री भेट्न पुगेकी नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणालाई आपूर्तिमन्त्री शिवकुमार मण्डलले अक्क न बक्क तुल्याइदिएका छन् । राणाको नेतृत्वमा शुक्रबार मन्त्रालय पुगेको टोलीले मन्त्रीको अनुगमनबाट व्यापारीको छवि नै बिग्रेको भन्दै सिलबन्दी तोडेर पसल खोलिदिन अनुरोध गरेको थियो ।

त्यस्तो अनुरोध सुन्नेवित्तिकै भवानी राणातर्फ फर्केर मन्त्री मण्डलले भने– ‘कारबाही गर्दा छविमा धक्का पर्ने भए व्यापारीलाई ठगी नगर्ने गरी सचेत तुल्याइदिनुहोस् । ठगी गर्नेलाई छुट दिनुपर्ने यो कस्तो माग हो ? मर्का परेको विषयमा मात्र मसँग छलफल गर्नुस्, तर व्यक्तिले राज्य ठग्नु ठीक हो भन्ने अर्थ लाग्ने गरी माग बोकेर हिँड्न सुहाउँदैन ।’ स्रोतका अनुसार मन्त्रीको जवाफले राणा अवाक बन्न पुगेकी थिइन् । घटना र विचार मा खबर रहेको छ

आपूर्तिमन्त्री मण्डलले दरबारमार्गमा चर्को मूल्य लिने व्यवसायीलाई कानूनअनुसार कारबाही गरेरै छोड्ने दृढता प्रकट गर्दा व्यापारी टोली अकमक्क परेको थियो । अन्त्यमा मन्त्री मण्डलले ‘विद्यमान कानूनले जे दिएको छ त्यसैअनुसार हुन्छ, गलत गरेको छ भने दण्डित हुन्छ, हैन भने केही हुन्न’ भन्दै व्यावसायीको टोलीलाई शान्त तुल्याउने प्रयत्न गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah