अहिले सोह्र श्राद्ध अर्थात पितृ पक्ष चलिरहेको छ । यस समयमा लोक र परलोकबीच सम्बन्ध जोडिन्छ भन्ने विश्वास छ । यसबारेमा गरुड पुराणमा उल्लेख गरिएको पाइन्छ ।

पितृप्रति श्रद्धाभाव राखेर श्राद्ध गर्नु सन्ततिको कर्तव्य हुने शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । श्राद्ध नगर्नाले धेरै खाले दुःख र कष्ट भोग्नुपर्ने भनेर शास्त्रमा वर्णन गरेको पाइन्छ ।

शास्त्रमै वर्णन गरिएको छ कि जब कुनै व्यक्तिको मृत्यु हुन्छ, दाहकर्म (अन्तिम संस्कार) अगाडि पिण्ड र पानी अर्पण गर्नु पर्छ । पिण्ड दान भनेको दिवंगत व्यक्तिका लागि खान–पिनको व्यवस्था गर्नु सरह हो ।

तर जव दिवंगत व्यक्ति परलोक पुग्छन् त्यहाँ उनीहरुलाई खान–पिनको कुनै व्यवस्था गरिएको हुँदैन । यदि उनका सन्तानहरुले श्राद्ध गरेर पिण्ड अर्पण गरी अन्न–जल दिएनन् भने परलोकमा दिवंगत व्यक्तिले धेरै दुःख सहनु पर्छ ।

त्यसैले हरेक वर्षको आश्विनमासमा (पितृपक्ष)को बेला पितृहरु यो आशा लिएर पृथ्वीलोक आउँछन् कि हाम्रा सन्तानहरुले हामीलाई अन्न–पानी लिएर सन्तुष्ट गर्नेछन् ।

तर जो व्यक्ति पितृ हुँदैनन् भनेर उचित तिथिमा श्राद्ध गरेर पिण्ड दान (अन्न–पानी) दिँदैनन् उनीहरुसँग पितृहरु धेरै रिसाउँछन् । सन्तानले श्राद्ध नगर्दा पितृ धेरै रिसाउँछन् र आफ्ना सन्तानलाई श्राप दिएर पुनः परलोक फर्किन्छन् ।

गरुडा पुराणमा यस्तो वर्णन गरिएको पाइन्छ कि जो पितृका सन्तानले श्राद्ध गरेर उनीहरुलाई पिण्ड दान दिँदैनन् उनीहरु आफ्ना सन्तानको रगत पिउन बाध्य हुन्छन् । त्यसकारण जुन परिवारले पितृको श्राद्ध गदैन्, त्यो परिवारमा धेरै दुःख कष्ट आउँछन् ।
परिवारको ज्येष्ठ व्यक्तिले अनेक प्रकारका स्वास्थ्य सम्बन्धी समस्या भोग्नु पर्छ ।

मार्कण्डेय पुराणमा वर्णन गरिएको छ कि, जुन कुलमा श्राद्ध हुँदैन, त्यहाँ दीर्घायु, निरोग र वीर सन्तानको जन्म हुँदैन र परिवारमा कहिल्यै शुख र शान्ति हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah