मस्तिष्क रोगका कारण निधन भएकी १३ वर्षीया बालिकाका अंगहरु आठ जनामा प्रत्यारोपण गरिएको छ। एकै मान्छेका अंग यति धेरै जनामा प्रत्यारोपण हुनु एकदमै दुर्लभ हो। बेलायत सोमरसेटकी जमिमा लेजेलको सन् २०१२ मा मृत्यु भएको थियो। उनले आफ्नो मुटु, फोक्सो, मृगौला, पित्तथैली, कलेजो र सानो आन्द्रा दान गरेकी थिइन्।

उनका यी अंगका कारण आठ व्यक्तिले जीवन पाएका एनएचएस ब्ल्ड एण्ड ट्रान्सप्लान्टले जनाएको छ। उनको मुटु, सानो आन्द्रा र पित्तथैली विभिन्न तीन जनामा र दुई मृगौला दुईजनामा प्रत्यारोपण गरिएको छ। त्यस्तै उनका दुवै फोक्सो एक जनामा र कलेजो भने टुक्रा पारेर अरु दुई जनामा प्रत्यारोपण गरिएको छ।

सामान्यतया एक मान्छेका अंग २.६ जनामा प्रत्यारोपण हुन सक्छन्। तर, आठ जनामा हुनु आफैंमा अद्भुत कुरा भएका यसमा संलग्न चिकित्सकहरु बताउँछन्।

जमिमा आफ्नी आमाको ३८ औं जन्मोत्सव भोजको तयारी हुँदै गर्दा बेहोस् भएकी थिइन्। त्यसको चार दिनपछि उनको ब्रिस्टोल रोयल बाल अस्पतालमा निधन भएको थियो।

‘जमिमा साह्रै तेज र बाठी थिइन्,’ उनका बुवाआमाले भनेका छन्, ‘यो कुराले उनी साह्रै गौरवान्वित हुन्थिन् होला।’ आमा सोफी लेजेल र बुवा हार्भे लेजेलले जमिमा पहिलेदेखि नै अंगदाता बन्न चाहेको बताएका छन्।

उनीहरुका अनुसार चिनजानको एक व्यक्ति दुर्घटनामा मारिएपछि जमिमाले आफ्नो निधन हुनु केही साताअघि अंगदान गर्ने बताएकी थिइन्।

आफ्ना बालबच्चालाई अंगदानबारे सानैदेखि जानकारी दिनुपर्ने सोफिया बताउँछिन्।

जमिमाकी १७ वर्षीया दिदी अमेलिया ‘दी जमिमा लेजेल ट्रस्ट’ संचालन गर्दै आएकी छन्। यसमार्फत् उनले कम उमेरमा मस्तिष्क घात भएकाहरुको सहयोगका साथै अंगदानबारे चेतना फैलाउँदै आएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah