लेखे निशान भट्टराइले यस्तो फेस्बूकमा स्टाटस
आदरणीय मेरा प्रियजनहरू, आफन्तहरू, देश विदेशमा रहेर मलाई माया गर्नुहुने मेरा शुभचिन्तकहरू, यहाँहरूलाई मेरो हार्दिक नमन !
यो खुसि यो उत्साह अनि यो उमंग म हजुर हरु सबै सग बाट्न चाहान्छु किनकी यो सत्य हो केबल हजुर हरुको सहयोग अनि माया ले मलाइ याहा सम्म ल्याइपुर्यायो। हजुर हरुको म प्रतिको बिस्वास म यसरिनै कायाम राखिरहने कोसिस गर्नेछु। धन्यबाद भन्ने शब्द नै मलाइ धेरै सानू लागिरहेको छ हजुर हरुलाइ दिन। म मेरा दसै अउँला जोडेर अनि आफ्नो सिर झुकाएर हजुर हरु सग आशीर्वाद माग्दछु।
यतिबेला नेपाल आइडलको नियमानुसार हामी प्राय बाहिर कसैसँग पनि सम्पर्क गर्न सक्ने अवस्थामा नरहेको कुरा अनुरोध गर्दछु । यस कारणले हजुरहरूलाई अप्ठ्यारो हुन पुगेको भए क्षमा प्रार्थी छु ।
हजुरहरू सम्पूर्णमा अर्को कुरा पनि अनुरोध गर्न चाहन्छु । हिजो आज सामाजिक संजालमा मेरो नामको एप बनाएर भोट गरिएको भनेर छ्याप्छ्याप्ती हल्ला आएको रहेछ । यो जनाकारी पाएर मलाई दुख पनि लागेको छ । मेरो नाममा यस्तो कुनै पनि एप नभएको र यस्ता अनाधिकृत एपहरूबाट गरिएको भोट मलाई प्राप्त नहुने कुरा समेत मेरा आफन्त, प्रियजनहरू र शुभचिन्तकहरूमा हार्दिक अनुरोध गर्दछु ।
यहाँहरूको प्यारो निशान भट्टराई




