निर्वाचन आयोगकाले उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छदार र उनको पार्टी नेपाल लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताहरूले निर्वाचन आचारसंहिता विपरित काम गरेको भन्दै स्पष्टिकरण मागेको छ । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा २०–२५ वटा गाडीहरू र १०० वटाभन्दा बढी मोटरसाइकलसमेतको र्‍याली/जुलुस निकाली निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टिकरण मागेको हो ।

आयोगले उपप्रधानमनत्री गच्छदार र उनको पार्टीलाई सोधेको स्पष्टिकरण यस्तो छ :

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

(१) वीरगञ्ज महानगरपालिकाको निर्वाचनको क्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छदारसहित नेपाल लोकतान्त्रिक फोरम पार्टीका नेता कार्यकर्ताहरूले निर्वाचन आचार संहिता, २०७२ को दफा ५(१३) र स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ को दफा ४ (क) विपरीत गाडी तथा मोटरसाइकलहरूको र्‍याली निकाली नेपाल सरकारका उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छदारले निर्वाचन आचार संहिता उल्लंघन गरेको देखिएकाले निर्वाचन आचार संहिता उल्लंघन गरेवापत किन कारवाही गर्न नपर्ने हो ? २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न लगाउने र यसैगरी उल्लिखित निर्वाचन आचार संहिता उल्लंघन गरेवापत वीरगञ्ज महानगरपालिकाका नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट उम्मेदवार विमल प्रसाद श्रीवास्तवलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (४) बमोजिम निजको उम्मेदवारी किन रद्द गर्न नपर्ने हो २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने ।

यसैगरी, मिति २०७४/५/२४ गते जलस्रोत राज्यमन्त्री अमर सिंह पुनले बाराको जितपुर सिमरा उपमहानगरपालिका ११ फत्तेपुरमा कांग्रेस कार्यकर्तालाई सरकारी गाडीमा राखेर निर्वाचन प्रचारप्रसार गर्दै हिँडेको भन्ने सन्दर्भमा आयोगको निर्णय यस्तो छ :

(२) निर्वाचन आचार संहिता, २०७२ को दफा ४(ङ) विपरीत सरकारी साधन स्रोतको दुरूपयोग गरी निर्वाचन आचार संहिताको उल्लंघन गरेवापत जलस्रोत राज्यमन्त्री अमर सिंह पुनलाई किन कारबाही हुनु नपर्ने हो ? सो को स्पष्टीकरण २४ घण्टाभित्र आयोगमा पेश गर्न लगाउने ।