जिल्ला बिकास समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले युवालाइ नेतृत्व दिनका लागि अहिले पनि आनाकानि हुने गरेको बताएकाछन् । आफूलाइ जिससको प्रमुखमा सिफारीस गर्ने क्रममा भएका छलफलमा पनि यस बिषयमा बहस भएको खुलाएका हुन् ।

आफूले बिगतका नजिरहरु प्रस्तुत गर्दै अर्जुन राइ सभापति हुँदाको उमेरको हेक्का राख्न सम्झाएको स्मरण समेत उनले गरे । उनले भने,-अर्जुन राइ म भन्दा कम उमेरमा सभापति हुनु भएको रहेछ, म त ३८ बर्षको पुगिसकेको छु ।

दमक जेसिजको जेसिज सप्ताह कार्यक्रमको समापन कार्यक्रमका प्रमुख अतिथि रहेका पोर्तेलले जेसिजले उठाएको बिधिको शाषन र नेतृत्व हस्ताण्तरण गर्ने पद्धतीप्रति आफू आकर्षित रहेको बताएका थिए ।

कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले युवाहरु नै परिवर्तनको संवाहक भएको बताउदै स्थानीय स्तरमा रोजगार सिर्जना गर्न र बिधिको शाषन कायम गराउन युवाको महत्वपूर्ण भूमिका हुने बताइन् ।

बिहिबारदेखि शुरु भएको जेसिज सप्ताह शनिबार साँझ सम्पन्न भएको जेसिज सप्ताहका मूल संयोजक सुयोग खरेलले बताए । उनका अनुसार जेसिज सप्ताहको अवसरमा साइकल यात्रा, बक्तृत्वकला, लगायतका बिभिन्न कार्यक्रमहरुको आयोजना भएका थिए ।

 

दमक जेसिजका अध्यक्ष गोबिन्दराज कट्टेल, महासचिब चन्द्र खत्री लगायतले जेसिजले समाजमा रचनात्मक कार्यहरुलाइ अझ शशक्त रुपमा अघि बढाउने प्रतिबद्धता जनाएका थिए । यसैबीच जेसिज सप्ताहको अवसरमा उत्कृष्ठ कार्यक्रमको संयोजकको रुपमा राज अग्रवाल चुनिएका थिए । जेसिज सप्ताहक मूल संयोजक खरेलले अग्रवाललाइ उत्कृष्ठ संयोजकको प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah