काठमाडौं, २५ भदौ । माओवादीको ब्रेक थ्रु हुनेवाला छ । भरतपुर महानगरकी मेयर छोरी रेणु दाहाल, बाबु प्रचण्डले घोषणा गरिसकेका छन् कि म गृहजिल्लाबाट जोडिन चाहन्छु, चितवन ३ बाटै चुनाव लड्छु ।
चितवन ३, कांग्रेसको गड हो । यही क्षेत्रमा प्रचण्ड चुनाव लड्ने भएपछि कांग्रेसले उनका लागि तालमेलमा त्यो क्षेत्र छाड्ने भित्री कुरा सभापति देउवासँग मिलिसकेको छ ।
प्रचण्ड भन्छन्– म सेक्रिफाइस गरेको जिल्ला रोल्पाबाट जोडिएँ । राजधानीसँग जोडिनुपर्छ भनेर काठमाडौंबाट जोडिएँ । मधेसबाट जोडिनुपर्छ भन्ने लाग्यो र सिरहाबाट जोडिएँ । अव गृहजिल्ला चितवनबाट जोडिनेछु ।
चितवन मेरो कर्मभूमि र राजनीतिक आधार भएको जिल्ला पनि हो । राष्ट्रिय राजनीतिलाई नै नयाँ मोड दिने हिसावले चितवनमा अजानुपर्छ भन्ने निष्कर्षमा पुगेको हुँ । चितवनलाई राष्ट्रिय राजनीतिको कुन तहमा पु¥याउने भन्ने दिमागमा राखेर आउँदैछु । न्युज अभियान बाट सभार



