नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतसामू लम्पसार परेको आरोप लगाएका छन् । आईतबार महोत्तरीको बर्दिवासमा बोल्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘देउवा र प्रचण्ड दुवै भारतसामू लम्पसार परेका छन्, यो कुरा सारा नेपाली जनताहरुलाई राम्रोसँग थाहा छ ।’ नेता नेपालले आफ्नो पार्टी संघीयता पक्षधर भएको बताउँदै भने,‘हामी संघीयता पक्षधर हौं, हाम्रो पार्टी कुनैपनि हालतमा मधेश विरोधी होईन, हेर्दै जानुहोला २ नम्बर प्रदेशमा पनि एमाले एक नम्बर पार्टीे बन्छ ।’ पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले मधेशमा एमालेलाई निषेध गर्न कोही अहिलेसम्म नजन्मेको समेत दाबी गरे । उनले भने,‘कुनै शक्तिले वा तागतले पनि मधेशमा एमालेलाई निषेध गर्न सक्दैन, र जन्मिएको छैन । म नै हुँ मधेशका असली धर्तीपुत्र, मधेशको विकास र समृद्धिको लागि एमालेले जति अरु कुनै पार्टीले काम गरेको भए हामीलाई देखाईदिए हुन्छ।’ उनले २ नम्बर प्रदेशको चुनाव जितेपछि प्रदेशमा पनि एमाले नै सरकार बनाउने उल्लेख गर्दै भने,‘२ नम्बर प्रदेशको चुनावमा पनि एमालेले बाजी मार्छ, एमाले पहिलो पार्टी बन्छ, बन्छ, बन्छ, यसमा कुनै दुईमत छैन।’ यस्तो नेता नेपालले केही मधेशी नेताहरुले विदेशीको प्रभावमा परेर संविधान संशोधन प्रस्ताव ल्याएको समेत आरोप लगाए । तर एमालेले प्रस्तावको विपक्षमा भोट हालेकोले संशोधन प्रस्ताव पारित हुन नसकेको भनेर भनिएको छ नि भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘यो प्रश्न उपेन्द्र यादवलाई सोध्नुहोस, उहाँको पार्टीे पनि यो प्रस्तावको पक्षमा थिएन त्यसैले मलाई हैन यादवजीलाई सोध्नुहोस्।’ त्यस्तै उनले पार्टीभित्र अहिले विवाद नभएको समेत स्पष्ट पारे । उनले भने,‘हामी अहिले चुनावी मैदानमा छौं, पार्टी पूर्ण रुपमा एक ढिक्का छ।’ उत्तर कोरियाको भ्रमणबारे प्रकाश पार्दै उनले भने,‘पार्टीलाई निमन्त्रणा आएको हाईन, माधव नेपाललाई आएको हो, त्यसैले म गएको हुँ ।’ आफू शान्ति, समन्वय र सद्भाव फैलाउन उत्तर कोरिया गएको उनको भनाई थियो ।
घटना र विचार बाटदेउवा-प्रचण्ड भारतसामू लम्पसार : नेपाल
सवाल नेपालसंवाददाताआइतबार, २४ भदौ २०७४

देउवा-प्रचण्ड भारतसामू लम्पसार : नेपाल
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



