बारा । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण संविधान संशोधन नभएको बताएका छन् ।
कलैयामा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भने एमालेकै कारण संविधान संशोधन हुनसकेन । र पनि संविधान संशोधन गराएरै छाड्छु ।
उनले एमालेप्रति लक्षित गर्दै भने, ‘केही पार्टीले तराई, पहाड, हिमालबीच फाटो ल्याउने काम गरेको छ ।’टि भि अन्नपूर्ण बाट सभार



