किसोर श्रेष्ठ
मोरङ उर्लाबारीका निशान भट्टराई यतिबेला चर्चामा छन् । नेपाल आइडलको टप ३ मा पर्न सफल उनी उत्कृष्ट प्रस्तुतिका कारण चर्चामा आएका हुन् ।
“नेपालका शान निशान” भन्दै उनका शुभचिन्तक यतिबेला उनलाई नेपाल आइडलको उपाधि दिलाउन जुटेका छन् । निशानको गृहनगरमा उनलाई जिताउन निशान भट्टराई जिताउ अभियान नै संचालन गरीएको छ । स्थानीय स्कुल, कलेज लगायत विभिन्न संघसंस्थाबाट उनलाई सहयोग जुट्ने क्रम जारी रहेको अभियानका अभियन्ता कृष्ण उदासीले बताएका छन् । त्यसो त उनलाई पूर्वका विभिन्न शहरहरुबाट पनि भोटका लागी सहयोग जुटिरहेको छ ।
सानैदेखी सँगीतमा विषेश झुकाव राख्ने उनको जिवनको एउटै मात्र लक्ष्य सफल गायक बन्ने रहेको छ । सँगीत क्षेत्रमा लामो समयको मेहनत अनि निरन्तरको प्रयासले यो स्थानसम्म आउन सफल उनलाई आम स्रोताको बलियो साथ सहयोग रहदै आएको छ । काठमाण्डौ अडिसनबाट नेपाल आइडलमा प्रवेश गरेका उनले अडिशनमा ‘जिन्दगीलाई जित हैन’ बोलको गीत गाएर जर्जहरुको मन जित्न सफल भएका थिए । त्यस यता विभिन्न चरण पार गर्दै टप ४ सम्म आईपुग्दा उनले आम स्रोताका मनमा बस्न सफल भएका छन् भने यसै क्षेत्रमा आफूलाई उदाँउदा नक्षत्रका रुपमा समेत उभ्याउन सफल भएका छन् । उनलाई आइडलका बलियो प्रतिस्प्रधिका रुपमा समेत हेरिएको छ ।
सँगीतमा जस्तै पढाइमा पनि सानैबाट अब्बल उनले २०७० सालको एसएलसी परिक्षामा ८२ प्रतिशत ल्याएर उतिर्ण गरेका थिए । आफूभन्दा कम अंक ल्याएर उर्तिण गरेका साथीहरु विज्ञान संकाय अध्ययन गर्दैगर्दा उनी भने संगीत साधानामा असर पर्ला भनेर कर्मस पढेका थिए । संगीतलाई पर्याप्त समय दिनका लागी नै कर्मस विषय पढेका हुन् । हाल राजधानी बसेर संगीतमा आफ्नो भविष्य खोजिरहेका उनलाई नेपाल आइडलले नयाँ परीचय दिएको छ । उनले नेपाल आइडलमा गाएका देशले रगत मागे, उकाली ओराली गर्दै, आमैले भन्थे धाराको पानी, छोरी भन्दा आमा तरुनी जस्ता गीतले धेरै स्रोताको मन जितेका छन् । उनको यहि प्रयासले यतिबेला सार्थकता पाउने अन्तिम कोशिस जारी रहेको छ । यदि कला र गलाको सहि मुल्याङ्कन भयो भने निशान नेपाल आइडल बन्ने प्रायः निश्चित रहेको छ । उर्लाबारीपेज.कम को फेसबूक बाट सभार



