दमक/आफना जन्मदिनमा झापा, दमक–६ की पूजा समालले आज स्थानीय सरस्वती माविका दृष्टिविहीनहरुलाई भोजन खुवाएकी छन् । दृष्टिविहीनहरु अध्ययनरत विद्यालयमा पुगेर २८ बर्षिय समालले त्यहाँँका २० जना विद्यार्थीहरुलाई खाजा,खानाको व्यवस्थापन गरेकी हुन् ।

आफना जन्मदिनमा बर्षेनी सामाजिक कार्य गरिआएकी उनले तडकभडक गरेर मनाउने चलनलाई हटाउन त्यस्तो सामाजिक कार्यमा जोड दिदै आएकी बताउछिन् । उनले भनिन्,–‘ जन्मदिनमा गरिने तडकभडक रोक्न सचेतनाका रुपमा मैले आफनो जन्मदिन मनाउदै आएकी छु ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जन्मदिनका नाममा मदिरापानमा हुने खर्च यसरी सामाजिक कार्यमा लगानी गर्न सके थोरै भएपनि त्यस कामले पूण्य प्राप्त हुने उनको भनाई छ । पछिल्ला आधा दशक यता पूजाले कहिले आश्रम,कहिले मठमन्दिरमा आश्रित माताहरुलाई यसरीनै सक्दो सहयोग गरिआएकी बताउछिन् ।