प्रदेश न २ को स्थानिय तहको चुनाव आउन झण्डै एक हाप्ता मात्र बाँकी छ। आफ्नो पार्टि अगाडि आउने होडमा सबै दलका नेता तथा कार्यकर्ताहरु चुनावी प्रचारप्रसारमा निकै ब्यस्त देखिन्छन्।
तर निर्वाचन सम्बन्धी प्रयाप्त ज्ञानको कमि तथा जानकारी नहुँदा त्यस क्षेत्रका अधिकांश मतदाताहरु भने अँझै अन्यौलमा छन्। राजमार्ग वरपर र शहरीक्षेत्र बाहेक विकट गाउँबस्ति सम्म मतदाता शिक्षा पुर्याउन नसक्दा त्यसो हुन पुगेको हो।
मतदाताहरुलाई आवस्यक ज्ञानकै निम्ति भनेर निर्वाचन आयोगले सम्पुर्ण तनमन क्षेत्र न २ तिर नै केन्द्रीत गरेको छ र पनि त्यो प्रभावकारी बन्न सकेको छैन। हरेक निर्वाचन केन्द्रहरुमा एक जना तालिम प्राप्त मतदाता शिक्षक र आवस्यक सम्पुर्ण सामाग्री पठाईसकेको आयोगको दाबी छ।
स्थानिय निकायको तेश्रो चरणमा हुन लागेको निर्वाचनका लागि विभिन्न तह र तरिका अवलम्बन गरि निर्वाचन शिक्षा प्रदान गरिरहेको नि. आयोगका प्रवक्ता नवराज ढकालको भनाई छ।
हाल मतदाता परिचयपत्र वितरणको काम भैरहेको र सङ्गसङ्गै मतदाता शिक्षालाई समेत निरन्तरता दिईने उहाँले जानकारी दिनुभयो।



