मनोज भुजेल, इटहरी । नेपाली सेनाको पुर्वी पृतना हेडक्वाटर इटहरीले इटहरीका बाढी प्रभाबित क्षेत्रका पिडितहरुको लागी निशुल्क स्वास्थ्य शिविर संञ्चालन गरेको छ । प्रभाबित क्षेत्रमा नेपाली सेनाको चिकित्सक टोलीले यसरी स्वास्थ्य शिविर संञ्चालन गरिरहेको छ ।
बाढीका कारण बिभिन्न रोगबाट संक्रमित पिडितहरुको उपचार सहयोगको लागी शिविर संञ्चालन गरिएको पुर्वी पृतना हेडक्वाटरले जनाएको छ । शिविरमा करिब २ सय भन्दा बढीले स्वास्थ्य लाभ लिएका थिए । पिडितहरु मध्ये धेरैमा भाइरल ज्वरो देखिनुको साथै टाईफाइड र बालबालिकाहरुका निमोनिया र जण्डिस रोग देखिएको छ । बाढी प्रभाबित क्षेत्रमा मरेको सिनो लगायतका दुर्गन्थका कारण पनि फोहरले बिभिन्न रोगबाट पिडितहरु संक्रमित भएपछि सेनाले निशुल्क स्वास्थ्य शिविर संञ्चालन गरेको बताइएको छ ।
यस अघि इटहरी ४, ९ र १० का बाढी प्रभाबित क्षेत्रमा पनि सेनाले स्वास्थ्य शिविर संञ्चालन गरिसकेको छ । इटहरी ३ मा निशुल्क स्वास्थ्य शिविरको साथसाथै राहत सामाग्री समेत वितरण गरेको छ । ३ नं वार्ड नम्बरका वाढीका कारण घरबार विहिन भई त्रिपाल मुनी विस्तापित जिवन विताउदै आएका १०७ पिडीत परिवारलाई राहात सामाग्री वितरण गरेको हो । ३ नं वडाको खोर्सानी खाप, सिर्जना लाइन र सुनौलो टोलका पिडित परिवारलाई राहत सामाग्री नेपाली सेनाका पुर्वी पृतनापति उपरथी गौरव तण्डुलको नेतुत्वको टोलीले प्रदान गरेको थियो ।

बाढीले बगाएर घरबार विहीन बन्न पुगेका पिडीतहरु त्रिपाल टागेर बसेको स्थानमा गई पिडितहरुको पृतनापतीले अवस्थाका बारेमा जानकारी समेत लिएका थिए । आवस्यक राहत भुतपूर्व स्व. सेनानी दिलिप राईको सम्झनामा इलाम निवासी राईको आफन्त तथा परिवार र नेपाली सेनाको पुर्वि पृतना मुख्यलयको संयुक्त सहयोगमा राहत प्रदान गरीएको हो ।



