नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारप्रति कटाक्ष गरेका छन् । देउवा सरकारमा नयाँ मन्त्री थपिएको विषयलाई संकेत गर्दै ओलीले भने, ‘घट्नु पर्ने बस्तुको भाउ नघट्ने, नघट्नुपर्ने चीजको भाउ घटेको घट्यै हुनु दुभाग्र्यपूर्ण भएको छ ।’

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पूर्व राष्ट्रसेवकहरुको दललाई एमालेमा समायोजन गर्ने कार्यक्रममा अध्यक्ष ओलीले मन्त्रिपरिषद विस्तारप्रति व्यङ्ग गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘आलुु गाँजरको भाउ बढेको बढ्यै छ, आजकाल मन्त्रीको भाउ घटेको घटै छ,’ ओलीले भने, ‘जे मा भाउ घटनु पर्ने नघटने, जे मा बृद्धि हुनुपर्ने घट्ने ।’ ओलीले देशमा मन्त्री बृद्धि हुँदा जनताले खुसी मान्ने अबस्था नरहेको टिप्पणी गरे ।