एमालेका अध्यक्ष केपी ओलीले देशको माया गर्नको लागि पढ्न लेख्न नपर्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित पार्टी एकता कार्यक्रममा ओलीले भने, ‘आमाको माया लाग्नका लागि पढ्नु लेख्नु पर्दैन ।

२०१६ सालमा लक्ष्मीप्रसाद देवकोटाले त्रिभुवन विश्वविद्यालय बनाएदेखि मात्रै देशको माया लाग्न सुरु भएको होइन । पहिलेका पुर्खाले पनि बिछट्टैको माया गर्थे ।’

अध्यक्ष ओलीले एमाले देश, जनता, लोकतान्त्रिक अभ्यास, सुशासन तोड्ने, भ्रष्टाचारीलाई प्रसय दिने विषयमा कोहिसँग पनि सम्झौता नगर्ने बताए । उनले पार्टीका नेताकार्यकर्तालाई प्रसन्न चित्त बनाएर काम गर्न आग्रह गरेका छन् । ओलीले भने, ‘प्रसन्न चित्त बनाएर काम गर्ने हो भने धेरै गर्न सकिन्छ । नत्र केको सक्नु ।’

तरकारीको भाउ घट्दा मन्त्रीको भाउ बढ्यो

अध्यक्ष ओलीले बजारमा तरकारीको भाउ घट्दा मन्त्रीको भाउ बढेको बताए । उनले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले गरेको मन्त्रीपरिषद् विस्तारप्रती व्यंग्य कस्दै भने, ‘अहिले बजारमा प्याज, टमाटर, गाजर मुलालगायतको भाउ घटेको छ । तर मन्त्रीको भाउ बढेको बढ्यै छ । जे मा घट्नु पर्ने हो त्यो घट्दैन, जे मा बढ्नुपर्ने हो त्यो बढ्दैन । यो सरकारको कारण मन्त्री हुँदा पनि गर्भ गर्ने ठाउँ भएन ।’
?दचश्र
प्रधानमन्त्री पद थमाइदिन देउवाले मोदीसँग याचना गरे

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा रहदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री पद थमाइदिन अनुनयविनय गरेर बिन्ती बिसाएको आरोप लगाए । उनले भने, ‘देशमा शासक यस्ता छन् झण्डा हल्लाउछन् हिँड्छन् । हुन त झण्डा हावाले आफै हल्लाउछ । नेपालका प्रधानमन्त्रीले भारतमा रहदा मेरो पद थमाइदिनु पर्‍यो हजुर भनेर बिन्ती बिसाएर आउनुभयो ।’

संविधान संशोधन जस्तो विशुद्ध आन्तरिक विषयमा भारतीय प्रधानमन्त्री मोदीलाई सुनाएको भन्दै कटाक्ष गरेर भने, ‘कानुन, सामाजिक बन्धन, पद र जिम्मेवारीनै आचारको रूपमा मानिन्छ। के प्रधानमन्त्री विदेश भ्रमणमा जादा के के बोल्नुपर्ने हो भनेर टेप रेकर्ड गरेर पठाउने हो र ? भारतको कारण देश डुबानमा पर्‍यो । त्यो समस्यको बारेमा बोल्नु पर्दैन ?’

आक्रोशित हुँदै ओलीले थपे,ञकेटाकेटीले प्याँप्याँ गरेर रोएझैं संविधान संशोधन गर्न सकिएन भनेर फर्किनु भयो । संसदको धज्जी उडाउदै अर्कोपटक संशोधन गर्छु हजुर भनेर बिन्ती बिसाउदै फर्किनुभएछ ।’

उनले देशको विकास र समृद्धिका लागि दुईतिहाई मतको आवश्यकता पर्ने बताए । ओलीले भने, ‘एमालेसँग अहिले एकतिहाई पनि छैन । त्यसैले संविधान संशोधनको बाजा झ्याईझ्याई बजाएर दिल्लीसम्म पुर्‍याए । संविधान संशोधन दिल्लीमा तामेल गर्ने अनि पूरा नभएपछि धरोधर्म अर्कोपटक पूरा गर्छु भनेर बिन्ती विसाउने काम भयो ।

छिमेकी फेर्न नसकिए पनि हेपाह प्रबृत्ति फेर्नुपर्‍यो

अध्यक्ष ओलीले छिमेकी देश फेर्न नसकिए पनि भारतले आफ्नो हेपाह प्रवृत्ति त्यग्नुपर्ने बताए । ओलीले भने, ‘छिमेकी फेर्न नसकिए पनि थोत्रो पुरानो हेपाह प्रवृत्ति भारतले त्याग्नुपर्‍यो । अघिल्लो दिनसम्म एक ठाउँमा भएको सिमास्तम्भ भोलिपल्ट अर्को ठाउँ हुनुभएन ।’

उनले पू्र्खाले लडेर बचाएको देशलाई हामीले अडेर बचाउनु पर्ने पनि बताए । ओलीले प्रश्न गर्दै भने, ‘भारत र चीनले राष्ट्रियताको विषय उठाउदा महान हुने अनि हामीले उठाउदा चै नहुने रु कुनै पनि देश भूगोलले सानो होला, जनसंख्या थोरै होला, विकासमा अघिपछि होला तर सार्वभौमसत्ता समान हुन्छ ।’

जब ओलीले भगवान पुकारे

ओलीले सात वटै प्रदेश र केन्द्रमा आगामी मंसिरमा हुने निर्वाचन पछि स्पष्ट बहुमतका साथ सरकार चलाउने दावी गरे । उनले एमालेको सरकाले सडक, हाइड्रोपावर लगायतका क्षेत्रमा समुल परिवर्तन गर्ने पनि बताए ।

कम्युनिस्ट नेता ओलीले भगवान पुकार्दै भने, ‘भगवानले त्यस्तालाई कृपा गर्छन् जसले महान उद्देश राखेको हुन्छ । एमालेले पनि त्यस्तै महान उद्देश राखेर अगाडि बढेको छ ।’ उनले जातजातिको नाममा राजनीति गरेर देशलाई रुवाण्डा बनाउन खोज्नेलाई जनताले पाखा लगएको जिकिर गरे । ईनया पत्रीका बाट सभार बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah