सप्तरी । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री विजयकुमार गच्छादारसहित मुलुकका तीन शीर्ष नेता राजविराजमा पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार अपरान्ह राजविराज पुगेका छन् भने उपप्रधानमन्त्री विजयकुमार गच्छदार सोमबार सँझनै राजविराज पुगेका थिए ।

प्रधानमन्त्री देउवा र उपप्रधानमन्त्री गच्छदार दुवै आ–आफ्नो पार्टीको चुनावी प्रचार–प्रसारको काममा राजविराज आइपुगेका हुन् । त्यस्तै,माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि मंगलबारनै राजरविराज आइपुग्दैछन् । उनी पनि पार्टीको चुनावी अभियानका क्रममा राजविराज आइपुग्न थाल्नुभएको सो पार्टीका स्थानीय नेताले बताएका छन् ।

मंगलबारनै प्रधानमन्त्री देउवाले राजविरास्थित शिव मन्दिर प्रांगणमा नेपाली कांग्रेस सप्तरीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दैछन् । सो कार्यक्रममा नेपाली कांग्रेसका प्रचार–प्रसार समितिका संयोजक रमेश लेखक, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री बिमलेन्द्र निधिले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यता, नेकपा एमालेका शीर्ष नेताहरु पनि दुई नम्बर प्रदेशमा चुनावी अभियानमा खटिरहेका छन् । बरिष्ठ नेता माधव नेपाल, महासचिव ईश्वर पोख्रेल लगायतका नेताहरु चुनावी क्षेत्रमा खटिरहेका छन् । सम्भवत एमाले अध्यक्ष केपी ओली बुधबार दुई नम्बर प्रदेशको चुनावी अभियानका कार्यक्रमहरुमा निस्कने श्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah