बारा, २८ भदौ – विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शना आफ्नो पार्टीका उम्मेदवारका लागि भोट माग्न बारा पुगेकी छन् ।

उनलाई अहिले विवेकशील साझा पार्टीले स्वतन्त्र रुपमा उठाएका उम्मेदवारहरूलाई भोट माग्न निकै दौडधुप पनि छ ।

बुधवार विहान जितपुर सिमरा उपमहानगरपालिकाका मतदातासँग उनले आफ्नो पार्टीका उम्मेदवारहरुका लागि भोट मागिरहेकी थिइन् ।

विवेकशील साझा पार्टीले प्रदेश नम्बर दुईको निर्वाचनमा काठमाडौंमा जस्तै स्वतन्त्र उम्मेदवारहरू उठाएको छ ।
जितपुर सिमरा उपमहानगरपालिकामा विवेकशील साझाका लागि भोट मागिरकेही उनले काठमाडौं र मेधेसका जनताको माग एउटै भएको समेत बताइन् ।

‘काठमाडौंमा सडक, धुलो, जाम लगायतका साना साना समस्या मतदाताहरुबाट प्रमुख रुपमा उठेका थिए,’ उनले भनिन्, ‘मधेशमा पनि बाटोघाटो, धुलो धुवाँकै समस्या सर्वसाधारणले प्रमुख रुपमा उठाउनुभएको छ ।’

साथै उनले विवेकशील साझा पार्टीलाई सर्वसाधारणहरुले विकल्पको रुपमा आएको पार्टी ठानेको समेत बताइन् । ‘मतदाताहरु हामीसँग खुसी हुनुहुँदो रहेछ, हाम्रो दलले केही गर्न सक्छ भन्ने  भरोसा पनि छ,’ उनले भनिन्, ‘काठमाडौंमा विवेकशील साझाले जुन स्थान बनाएको छ, सो स्थान मेधेसमा पनि विवेकशील साझाले पाएको छ ।’

जितपुर सिमरा उपमहानगरपालिकामा विवेकशील साझाले वडा नम्बर एक र तीनमा वडाअध्यक्षमा उम्मेदवारी दिएको छ भने वडा नम्बर दुईमा वडा सदस्यमा उम्मेदवारी दिएको छ । वडा नम्बर एकमा रमेश थापालाई विवेकशील साझाले स्वतन्त्र उम्मेदवारका रुपमा वडाअध्यक्षमा उठाएको छ ।

विगत चार दिन देखि मधेसका जिल्लाहरूमा भोट मागिरहेकी दर्शनाले ९० प्रतिशत मतदाताले भोट नै हाल्न नजानेको बताइन् । ‘जनताहरु कसरी भोट हाल्ने भनेर जानकार नै हुनुहुन्न,’ उनले भनिन्, ‘मतदाता शिक्षाको ९० प्रतिशत बजेट कहाँ गयो ?’

तराईका जिल्लाहरुमा अन्य दलहरुको प्रचार शैली निकै भड्किलो र खर्चिलो समेत देखिन्छ । तर विवेकशील साझाले चाहिँ अत्यन्तै साधारण प्रचार शैली अपनाएको उनले बताइन् ।

भोट माग्नका लागि ठूला दलहरुले भारतीय नम्बर प्लेटका गाडिहरूको निकै दुरुपयोग समेत गरेका छन् । विवेकशील साझाका बारा जिल्ला संयोजक निरज पुडासैनीले आफ्नो दलले साधारण प्रचार शैली अपनाएको भएपनि भोट चाहिँ आफूहरुलाई आउने दाबी गरे । जनताले आफूहरुबाट परिवर्तनको आशा गरेको समेत उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah