नेपाल प्रहरीको आइजीपी मुद्दामा हारेपछि डीआइजी नवराज सिलवालले मंगलबार बेलुका नै राजीनामा घोषणा गरेका छन्।

सरकारले प्रकाश अर्याललाई आइजीपी नियुक्त गरेपछि त्यसविरुद्ध दायर गरेको रिट सर्वाेच्च अदालतले मंगलबार खारेज  गरिदिएपछि उनले सोही बेलुका नै दुई पृष्ठ लामो प्रेस विज्ञप्ति जारी गर्दै राजीनामा घोषणा गरेका हुन्।

सिलवालले सार्वजनिक रुपमा नेपाल प्रहरी संगठनबाट अलग भएको घोषणा गरेपनि प्रक्रियागत रुपमा भने उनी अझै नेपाल प्रहरीमै छन्। सिलवाल प्रहरी संगठनबाट अलग हुन सरकारले उनको राजीनामा स्वीकृत गर्नुपर्छ।  जसका लागि सिलवालले  प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाउनुपर्ने हुन्छ। र, प्रहरी नियमावली अनुसार प्रहरी  प्रधान कार्यालयले उनको राजीनामा गृहमन्त्रालयमा पठाउनेछ।

सिलवालले डीआइजीबाट राजीनामा दिएपनि उनको पदावधि अझै ६ महिना बाँकी छ।  गृहले राजीनामा दिनुको औचित्य पुष्टी नभएको भन्दै अस्वीकृत गर्न पनि गर्न सक्ने अवस्था आएमा उनी पदावधी बाँकी रहेसम्म प्रहरी संगठनबाट अलग हुन पाउने छैनन्।

सर्वाेच्चले त्यसअघि सरकारद्वारा आइजीपीमा नियुक्त जयबहादुर चन्दको नियुक्ति खारेजी गर्न आदेश दिएपछि सरकारले गत चैत २८ गते प्रकाश अर्याललाई आइजीपी नियुक्त गरेको थियो। सिलवाल चैत ३० गते सर्वाेच्च पुगेका थिए। तर, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नेतृत्वको वृहत पूर्ण इजलासले मंगलबार सिलवालको माग दावी पूरा नहुने भन्दै रिट खारेज गरिदिएको थियो।

यअसघि सरकारले जयबहादुर चन्दलाई आईजीपी नियुक्त गरेपछि तत्कालीन प्रधानन्यायधीश सुशीला कार्कीसहित पाँच न्यायाधीश सम्मिलित पूर्ण इजलासले परमादेश जारी गरेको थियो। सिलवाललाई पहिलो नम्बरमा देखाइएको थियो। तर, मंगलबार भएको फैसलामा अर्याललाई पहिलो नम्बरमा ठहर्याइएको छ।

अदालतले अर्यालको कार्य सम्पादन मूल्यांकन अंक १५४ दशमलव ४ र सिलवालको १५२ दशमलव २ देखिएको बताएको छ। सरकारले गत साउनमा डीआईजीलाई एआईजीमा बढुवा गर्दा पनि सिलवाल परेका थिएनन्।शुभदिनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah