प्रवासमा रहदा आफ्नो गाँउघरमा बर्षा र बाढीले क्षति पुर्याउदा त्यहाँ रहेका नेपालीहरुको मन चसक्क दुख्यो । उनिहरुले जतिसक्दो साथ सहयोग गरेर पडितलाइ राहत प्रदान गर्ने काम गरिरहेको समचारहरु आइरहेकाछन् ।
झापाको कमल गाँउपालिका वडा नंं १ स्थित नहरचोकमा कमल खोलामा भत्किएको बाँध बाध्नका लागि बिदेशमा रहेका स्थानीयहरुले ३ लाख ७ हजार ८ सय ८८ रुपिया जुटाएर स्थानीय राहत समितिलाइ प्रदान गरेकाछन् ।
चीनमा ब्यापार ब्यवसाय गर्दै आएका स्थानीय युवा तिर्थ पौड्यालको अग्रसरता र अगुवाइमा यो रकम जुटाइएको हो । पौड्यालका अनुसार स्थानीय राहत संकलन समितिका कोषाध्यक्ष टीकाराम खड्कालाइ उक्त रकम प्रदान गरिएको छ ।
यो रकम बाँध बाधेर दीर्घकालिन रुपमा बस्ति जोगाउन प्रयोग गर्न आग्रह गरिएको पौड्यालले जनाए । यो रकम जुटाउनका लागि राम जी कट्वाल, केशव सुबेदी, भरत सुबेदी,, बिदुर खड्का,जुनु कट्वाल, युवराज कट्वाल, हुपेन्द्र ढुंगाना, हेमन्त अधिकारी, सुमण्ड भट्टराइ र उनको समुह लगायत रहेकाछन् ।
बिभिन्न मूलकमा रहेका साथीहरुको सहयोगले यो सम्भव भएको पौड्यालले जनाए । यो ठूलो राहत नभएपनि आफूहरुले केहि न केहि सहयोग गरौ भनेर यो सहयोग गरिएको पौड्यालले बताए ।



